तीज कार्यक्रम हस्तक्षेप गरेको भन्दै असईको सरुवाको माग

भदौ १९ गते, पथरीशनिश्चरे । महिलाहरुको महान चाँड तीज विशेष कार्यक्रम प्रहरीले असहयोग गर्री हस्तक्षेप गरेको भन्दै मोरङको कानेपोखरी गाउँपालिकाका महिलाहरुले असईको सरुवाको माग गरेका छन ।

स्थानीय महिलाहरुको समूहले आयोजना गरेको तीज विशेष कार्यक्रममा प्रहरीले असहयोग गरेको भन्दै मोरङको कानेपोखरी गाउँपालिका स्थीत रमाइलो प्रहरी चौकीको असई रामकुमार राईको कारवाही सहितको सरुवाको माग गरेको हो । स्थानीय महिलाहरुले तीज विशेष कार्यक्रम वडा नं. ६, स्थीत विहिबारे बजारमा गरेका थिए ।

तीज विशेष कार्यक्रम विथोल्ने तरिकाले जुनतारा क्लबको अध्यक्ष तारामान धिसिङ लगाएतले अर्को कार्यक्रम छेउमै गरेको पछि विवाद भएको मुना मैनालीले बताईन । उनले भनिन्–‘नेपाली कांग्रेसले योजना बुनेर हाम्रो महिलाहरुको तीज विशेष कार्यक्रम विथोल्न क्लबको प्रयोग गरेको हो ।’

अर्का महिला सारदा गिरीले बर्ष दिने चाँडमा महिलाहरु अघिल्लो दिन देखि भोगकै वर्त बसेर मानिने हाम्रो महिलाहरु अधिकारलाई खुम्चाउर्दै समयको भाग लगाउने अधिकार कसैलाई पनि छैन । उनीले हाम्रो महिलाहरुको कार्यक्रममा असहयोग गर्ने प्रहरी समाजमा नचाहीने उनले बताइन ।

विवाद यसरी सुरु भएको थियो ।
सोमबार वडा नं. ६, स्थीत विहिबारेमा स्थानीय महिलाहरुले तीज विशेष कार्यक्रमको आयोजना गरेको थियो । महिलाहरुको कार्यक्रम सँगै छेउमै जुनतारा क्लबले पनि कार्यक्रमको आयोजना गरेको थियो । एकै चोटी कार्यक्रम गर्दा असर पर्ने भएपछि महिलाहरुले प्रहरीलाई बोलाई समस्या सामधान गर्न भनी महिलाहरुले आग्रह गरेका थिए ।

तर असई राईले दिउँसो ३ बजे सम्म तीज विशेष कार्यक्रम गर्नु र ३ बजे पछि क्लबले कार्यक्रम गर्नु भने पछि महिलाहरुले ४ बजे सम्मको समय माग गरेका थिए । त्यस पछि कार्यक्रम नै नसकि साउण्ड सेटको तार क्लबका केही व्यक्तिहरुले तार चुढाएर क्लब तीर माइक घन्कीए पछि विवाद सुरु भएको थियो ।

कार्यक्रम स्थलमै भएका असई राईलाई पुरस्कार वितरण गर्नुछ भनेर केही छिन समय माग्दा पनि आफुहरुलाई असहयोग गरेको आयोजक मुना मैनालीले बताईन । सोही समयमा वडाध्यक्ष खड्ग बस्नेतले पनि केही समय तीज विशेष कार्यक्रमलाई मिलाई दिन आग्रह गर्दा असई राईले उल्टै हप्काएको वडाध्यक्ष बस्नेतले बताए ।

असई राईले असहयोग गरेपछि इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मि अधिकारीलाई फोन गर्दा डिउटीमा रहेको जवाफ फर्काएको वडाध्यक्ष वस्नेतले बताए । त्यस पछि महिलाहरुको हुल आएर गाउँपालिका घेराउ गरेका थिए ।

गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजकुमारी इङ्नाम,वडाध्यक्षहरुको टोलीले डिएसपी अधिकारीलाई गाउँपालिका आउन आग्रह गर्दा ४ घण्टा पछि मात्र आएको वडाध्यक्ष सुशिल बुढाथोकीले बताए । भोगभोगकै बसेका महिलाहरुले गाउँपालिकामा रातको १० बजे सम्म समय बसेका थिए ।

कानेपोखरी गाउँपालिकाको जनप्रतिनिधिहरुले भनेको नसुने पछि डिएसपी अधिकारीलाई ४ घण्टा पछि पथरीशनिश्चरे नगरपालिकाका उपप्रमुख यामुना विष्ट बास्तोलाले ल्याएर कानेपोखरी गाउँपालिका छलफलमा आएका थिए । छलफल रातको १० बजे सम्म चलेको थियो ।

छलफलमा महिलाहरु असुरक्षित भएको, महिलाहरुलाई असहयोग गर्ने असईलाई कारवाही सहित सरुवाको माग र कार्यक्रम विथोल्ने व्यक्तिहरुलाई पक्राउ गर्न महिलाहरुले माग गरेका थिए । छलफलमा उपस्थीत हुन महिलाहरुले असई राईको माग गरेपछि बोलाएर आएका असई राईले बोल्ने क्रममा दुई वटा पाटीको कार्यक्रम भनेपछि हल निकै तातिएको थियो ।

छलफलमा डिएसपी अधिकारीले यस क्षेत्रको प्रहरीले गरेको गल्ती आफुले जिम्मेवारी लिनुपर्ने बताउँदै महिलाहरुसँग माफ मागेका थिए । प्रहरीको नियम अनुसार असई राईलाई कारवाही हुने र कार्यक्रम विथोल्नेलाई पक्राउ गर्ने छलफलमा पीडित महिला र जनप्रतिनिधिहरुकोसँग डिएसपी अधिकारीले सहमती जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *