निर्वाचनमा गरेको वाचा पुरा हुँर्दै –मन्त्रि ढकाल

भदौ १६गते, पथरी । कानून मन्त्री भानुभक्त ढकालले आफुले निर्वाचनमा गरेका वाचाहरु पुरा गर्दै गएको जनाएको छ । मन्त्री ढकालले निर्वाचन क्षेत्र मोरङ ३ को कानेपोखरी गाउँपालिका र पथरीशनिश्चरे नगरमा भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन ।

शनिबार नेकपा कानेपोखरी गाउँ संगठन कमिटिको वडा नं. १ देखी ७ सम्मका सपथ ग्रहण कार्यक्रम र आइतबार पथरीशनिश्चरे नेकपा वडा नम्वर ४, ८ र ९ ले संयुक्त रुपमा आयोजना गरेको जनतासँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आफुले गरेका काम र आगामी गर्ने कामको बारेमा बताएका थिए ।

कानेपोखरीको ७ वटै नेकपाको वडा कमिटिको सपथ ग्रहण कार्यक्रममा

उनले मोरङ ३ मा आदिवासी जनजाति सहितको साँस्कृतिक संग्रहालय निर्माण, बाहुनीको पेटेलखानीको अन्वेषण, सुकुम्बासी तथा अव्यवस्थित बसोवासको समस्या समाधान, खोलाहरुको दीगो तटवन्ध सहितका निर्वाचनका मुद्धाको काम सुरु भएको बताएका थिए । सुकुम्बासी तथा अव्यवस्थित बसोवासको समस्या समाधानको केही कानून बनिसकेको, आदिवासी जनजाति सहितको साँस्कृतिक संग्रहालय निर्माणको डिपिआर सकिएको, चिंसाङ खोला र डाँस खोला डिपिआर यस पटक सुरु हुने बताएका थिए ।

जनताका समस्या तथा समग्र निर्वाचन क्षेत्रको विकासका लागि वाचा गरिएका त्यसखाले योजनाहरु जनता झुक्याउनका लागि नभएको प्रष्ट पार्दै विपक्षीले यसमा भ्रम नछर्न आग्रह समेत गरेका थिए । उनले सुकुम्वासी तथा बसोवास सम्वन्धी कानून प्रतिनिधिसभाले पारित गरेको र राष्ट्यिसभाबाट पारित हुन वाँकी रहेकाले दशैं अघि नै कानून पारित हुने वताए ।

नेकपा पथरीशनिश्चरे नगरमा कार्यकर्ता भेटघाटमा

कार्यक्रममा, नेकपाको वडा नम्वर ४, ८ र ९ ले पथरीशनिश्चरे नगरपालिकाको केन्द्र र कार्यालय व्यवस्थापन, बसोबासको समस्या सहित विकास निर्माणको माग गर्दै मन्त्री ढकाललाई २६ वुँदे ज्ञापनपत्र बुझाएको छ । सुकुम्वासी तथा अव्यवस्थित बसोबास समस्या समाधान पहल समिति र नगरपालिकाको ४ नम्वर वडा कार्यालयले बसोबास व्यवस्थित गर्न माग गरेको ज्ञापनपत्र पेश गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *