आशिष पुरुषको “निन्द्रानै लाग्दैन” सार्वजनिक (भिडियो सहित)

युएईमा रहेर कलाकारिता एवं विभिन्न विधामा सक्रिय कलाकार आशिष पुरुषको नयाँ गीत “निन्द्रानै लाग्दैन” सार्वजनिक भएको छ ।

करिब १ दशकदेखि युएईमा रहे पनि आशिषले कलाकारिता र सांगीतिक अनुभवलाई निरन्तर दिदै आएका आशिषलाई नायिका नम्रता सापकोटासँग अभिनय गरेका छन भने गीतको शब्द रचना पनि आशिष स्वयमले गरेका हुन ।

गायक अनिल सिहंको स्वर तथा संगीत रहेको गीतले काम र दामको खोजीमा आफ्नो परिवारबाट टाढा भएका ४० लाख नेपालीहरुको यथार्थतालाई एउटा गीत भित्र यथार्थ चित्रण गरिएको छ ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) का एसिया संयोजक समेत रहेका आशिष नेपालमै रहँदा देखि नेपाली कलाकारिता क्षेत्रमा गोरेटो बनाएका आशिष युएईको नेपाली सामाजिक र सांगीतिक क्षेत्रमा परिचित कलाकार र उद्घोषक पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *