कानेपोखरीमा आत्महत्या रोकथामको बारेमा अन्तरक्रिया

भदौ २ गते,पथरीशनिश्चरे । कानेपोखरी गाउँपालिका क्षेत्रमा आत्महत्या गर्ने व्यक्तिको बृद्धि भएपछि बहुसांस्कृतीक मनोसमाजीक संस्था(टिपीओ) नेपालले आत्महत्या रोकथामको बारेमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार गाउँपालिकाको सभाहलमा भएको कार्याक्रममा स्वास्थ चौकीका प्रतिनिधि,सरकारी र नीजि विद्यालयको प्रधानध्यापकहरु,स्वास्थ स्वमसेवीका,स्थानीय राजनितिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरुसँग अन्तरक्रिया सम्पन्न गरेको हो । गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा बहुसांस्कृतीक मनोसमाजीक संस्था(टिपीओ) नेपालले सहजीकरण गरेका थिए ।

कार्यक्रममा टिपिओ नेपालका कार्यकारी प्रबन्धक डा.कमल गौतमले आत्महानी,आत्महत्याको समस्या तथा रोकथामको बारेमा र अनुसन्धान प्रमुख नागेन्द्र प्रसाद लुईटेलले मानसिक स्वास्थको अवस्था,विश्व र नेपालको बारेमा सहजीकरण गरेका थिए ।

सहजीकरणमा आत्महत्या अन्य प्रदेशमा भन्दा १ नम्बर प्रदेशमा बढी हुने गरेको तथ्याङ् रहेको र विश्वको तथ्याङ अनुसार आत्महत्या गर्ने नेपाल ७ औं राष्ट्रमा परेका छ । त्यसैगरी महिलाहरुको हकमा मात्र आत्महत्या गर्ने तेस्रो नम्बरको सुचिमा नेपाल देश रहेको बक्ताहरुले बताएका छन् ।

कानेपोखरी गाउँपालिका क्षेत्र भित्र १ बर्षमा ११ जनाले झुण्डीएर आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा रहेको छ । त्यसमध्ये एक महिना विचमा लगातार ७ जनाले आत्महत्या गरेको टिपिओ नेपालका जिल्ला संयोजक धन्यश्याम शर्माले बताए ।

आत्महत्य गर्नेहरु ४५ बर्षिय बालकृष्ण निरौला, १५ बर्षिय रुपेश गुरु, ११ बर्षिय कान्छि चौधरी, ३६ बर्षिय जमुना ढुङ्गना, २७ बर्षिय गणेश सार्की, ११ बर्षिय कविन्द्र पौडेल, १७ बर्षिय शिकि पौदार, ११ बर्षिय सुक्कु राई, ४३ बर्षिय लोक बहादुर थापा र ३० बर्षिय पदमलाल गिरीले आत्महत्या गरेका थिए ।

कार्यक्रमको अध्यक्षता कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले गरेका थिए भने अतिथि उपाध्यक्ष राजमती इङ्नाम लगाएत वडाध्यक्षहरु रहेका थिए । कार्यक्रमको संचालन स्वास्थ सहसंयोजक रोहिन्द्र राजभण्डारीले गरेका थिए भने स्वागत मन्तव्य स्वास्थ संयोजक बृद्धिमान बस्नेतले गरेका थिए । आत्महत्याबारेमा टिपिओ नेपालले मोरङ जिल्लामा ५ वटा नगरपालिका, ३ वटा गाउँपालिकामा एक वर्षे कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *