लायन्स क्लब द्रारा पथरीमा अशक्तलाई व्हील चियर वितरण

भदौ २ गते, पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरमा स्थापीत लायन्स क्लब अफ पथरी र लायन्स क्लब अफ पथरी योङहार्टले अपाङ्गता भएको व्यक्तिहरुलाई व्हील चियर वितरण गरेको छ ।

सोमबार क्लबले वडा नम्वर ३ का ३ जना पूर्ण अपाङ्गता भएकाहरुलाई व्हील चियर वितरण गरेको हो । ३ नम्वर वडाध्यक्ष डम्वरबहादुर चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ पथरीका अध्यक्ष रोशन बुढाथोकी र लायन्स क्लब अफ पथरी योङ्हाटका अध्यक्ष राजेन्द्र वस्नेत सहितले व्हील चियर वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै उनले यसखाले समाजसेवाको कामले वास्तविक पीडितका लागि राहत पुगेको भन्दै लायन्सको सो कामको प्रसंसा गरेका थिए । शारीरिक समस्या भोगिरहेका वडा नम्बर ३ की विष्णुमाया ढकाल, प्रेमप्रसाद लुइँटेल र धनकुमारी साँवालाई व्हील चियर वितरण गरिएको थियो ।

लायन्स क्लब अफ पथरी योङहार्टले वडा नम्बर ३ कै जनता माध्यमिक विद्यालयमा १३ थान सिलिङ्ग पंखा वितरण गरेको छ । गर्मीको समयमा पठनपाठनमा सहजता होस भन्ने उदेश्यले पंखा वितरण गरिएको अध्यक्ष बस्नेतले जनाए । दुवै क्लबले विभिन्न समयमा विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्री लगायत वितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *