कानेपोखरीको जनमुखी बचतबाट सवा ५ लाख चोरी

भदौ १ गते, बरगाछी । कानेपोखरी गाउँपालिका वडा नं. –७ बरगाछीमा रहेकोे जनमुखी बचत तथा ऋण संस्थाबाट गएराती ५ लाख २५ हजार ५१ रुपैया चोरी भएको छ ।

संस्थाको पूर्वपटिको झ्यालको पल्ला उघारी ग्रिल उक्काएर चोरहरु भित्र पसेका थिए । भित्र पसेर सेभ फुटाएर सो बराबरको रकम चोरी गरेको हो । बचत परिचालक रमेश शिवाकोटीले आइतबार विहान ७ बजे संस्था खोल्दा भित्र तोफोड भएको देखेपछि चोरी बारे अरुलाई खवर गरेका थिए । शिवाकोटी हिसावको लागी विहानै संस्था आएका थिए ।

चोरको समूहले कार्यालयमा जडान गरेको सिसि क्यामेराको तार काटेर हार्डडिक्स पनि लगेका थिए । चोरले झ्यालबाट छिरेर पहिलो पटक सिसि क्यामेराको तार काटेरका थिए । त्यस पछि बाकस भित्र राखिएको सेभ झिकेर चाबी लगाउने ठाउँबाट फोरेर रकम लगेको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर रामबहादुर ढकालले बताए ।

कार्यालयको भित्रको सामान त्यति छरिएको अवस्थामा नभएकोले यहाँ चोरी गर्ने चोर पेसेवर रहेको र जस्तो सुकै भएपनि चोर पत्ता लगाएरै छाड्ने इस्पेक्टर ढकालले बताए । इलाका प्रहरी कार्यालय पथरीको टोलीले विहाननै चोरी भएको स्थलमा पुगी अनुसन्धान अघि बढाएको छ ।

शनिबार बेलुका १२ बजेदेखि आइतबार विहान २ बजे सम्म चोरी भएको हुन सक्ने स्थानीयहरुले बताएका छन् । बचनको कार्यालय पछाडी फनिचर र होटल पनि संचालनमा छ । आगामी असोज ४ गते हुने २७ औं साधारण सभाको तयारीको लागी संस्था संचालक समितिको केही पदाधिकारीहरु शनिबार पनि रातको १० बजे सम्म बसेका संस्थाको उपाध्यक्ष हरी कोइरालाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *