तिम्बुङ पोखरीबाट शौचालय र मन्दिर हटाउन मञ्चको माग

साउन १७ गते, पथरी । पार्यटकीय र धार्मिक हिसावले पवित्र रहेको ताप्लेजुङको सिदिंङबा गाउँपालिका–१ स्थीत तिम्बुङ पोखरीबाट शौचालय र मन्दिर हटाउन संघीय लिम्बुवान मन्च केन्द्रीय समिती लगाएतले माग गरेको छ ।

बिहिबार पोखरीबाट शौचालय लगाएतको नब निर्मित संरचना तत्काल नभत्काइए आन्दोलन थाल्ने मन्चले चेतावनी दिर्दै विज्ञप्ती निकालेको छ । मन्चका केन्द्रीय महासचिव अशोक चेम्जोङ लिम्बुले संगठनको तर्फबाट विज्ञप्ती प्रकाशन गर्दै निर्मित संरचना नहटाए कडा आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन । पोखरीलाई लिम्बू समुदायले माङ्गेना चोत्लुङ (आध्यात्मिक स्थल)को रुपमा लिदै आएको विज्ञप्तीमा उल्लेख छ ।

पोखरी छेउमा केहिपनी संरचना नबानाउने स्थानीयबासीको आन्तरिक सहमती थियो ।
बनाउनै परे डेढ किलोमिटरको दुरिमा मात्र पार्टी पौवा निर्माण गर्ने त्यस क्षेत्रका सामाजिक र राजनीतिक व्यक्तिहरुवीच सहमति हुदै आएको लिम्बुवान मन्चको विज्ञप्तीमा उल्लेख छ । सोही सहमती अनुसार स्थानीय देउबहादुर खुदाङ लिम्बुले केही बर्ष अगाडि डेढ किलो मिटर टाढा पौवा निर्माण गरेको उल्लेख छ ।

केही महिना अघि पर्यटन मन्त्रालयको ५० लाख बजेटमा पोखरीकै कुमारित्व हरण हुनेगरी शौचालय र मन्दिर निर्माण भएपछि विभिन्न संघ संगठनले उक्त संरचना भत्काउनु पर्ने माग गर्दै आएको हो । सिदिङबा गाउँपालिका अध्यक्ष नरबहादुर कडरिया र ताप्लेजुंङ जिल्लाका संघीय संसद (हाल पार्यटन मन्त्री) योगेश भट्टराईको प्रतक्ष्य निर्देशनमा पोखरीको शिरमा शौचालय र मन्दिर बनाइएको अशोक चेम्जोङ लिम्बुको भनाइ छ ।

समुदायको सांस्कृतिक पहिचान मेट्ने काम आजको लिम्बुवानी पुस्ताले टुलुटुलु हेरेर नबस्ने बरु अन्तिम क्षणसम्म संघर्ष गर्ने चेतावनी दिइएको छ । पर्यटकीय क्षेत्रको कुमारित्व हरन हुने र लिम्बू समुदायको सांस्कृतिक क्षेत्र अतिक्रमण भएकोप्रती ध्यान दिन मानवधिकार आयोग, पर्यटन बोर्ड प्रदेश र संघीय सरकारले ध्यान दिन विज्ञप्ती मार्फत आग्रह गरेका छ्न ।

यसैवीच किरात राई यायोक्खा केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख अर्जुन जम्नेली राईले सुन्दर पोखरीमा भौतिक संरचना निर्माण गरेर पर्यटक क्षेत्रको कुमारित्व रहन गर्न नहुने भन्दै फेसबुक स्टाटस मार्फत विरोध जनाएका छ । एक बर्ष अघि तेह्रथुमको मेन्छ्यायेन डाँडामा लिम्बू समुदायकै २ धार्मिक पन्थीवीच विवाद हुँदा त्यहा निर्मान हँदै आएको पक्की मन्दिर अर्को पक्षले भत्काइ दिएका थिए । त्यहाँ किरात र युमा थेवा मान्ने समुहवीच समस्या भएको थियो । तिम्बुङ पोखरीमा जस्तै त्यहाँ भौतिक संरचना निर्माण हुँदा मेन्छ्यायेन डाँडाको कुमारित्व हरणहुने एक पक्षको भनाइ थियो ।

पाँचथारको याङ्वरक गाउपालिका र ताप्लेजुङको सिदिंङबाको संगम स्थलमा रहेको तिम्बुङ पोखरी लिम्बू लगाएतका समुदायले पबित्र धार्मिक स्थलको रुपमा मान्दै आएको छ । पोखरीको मिथक लिम्बू समुदायसँग जोडिन्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *