पथरीशनिश्चरे नगर ‘अर्गानिक नगर’ बन्दै

साउन ६ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरलाई ‘अर्गानिक नगर’ बनाउने विषयमा उचित जैविक प्रालि लागि परेको छ । ‘अर्गानिक नगर’ बनाउने विषयमा सोमबार नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

२ नम्बर वडामा स्थापित उचित जैविक प्रालिले पथरीशनिश्चरेलाई अर्गानिक नगर बनाउने पहलका विषयमा नगरपालिकाको जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गरेको हो । प्रालिका सञ्चालक एवम्् प्राविधिक कृष्णचन्द्र महर्जन र सहव्यवस्थापक अशोक चाम्लिङले जैविक उद्योगले गरेको अभियानका बारेमा जानकारी गराउँदै पथरीशनिश्चरेलाई अर्गानिक नगर बनाउन सकिने धारणा व्यक्त गरेका थिए ।

प्रतिकठ्ठा खेतमा ८ किलोग्राम जैविक मल प्रयोग गर्नुपर्ने हुन्छ । जसबाट स्वस्थ्यवद्र्धक उत्पादन बढाउन सकिने तथा जैविक पौष्टिक आहारले पशुपंक्षीबाट आम्दामी बढाउन सकिने जानकारी गराइएको छ ।
कार्यक्रममा, नगर प्रमुख दिलिपकुमार राईले हालैको चौथो नगरसभाले अर्गानिक नगर बनाउन पहल गर्ने कुरा पारित गरेको र यस अभियानमा लाग्ने जनाए । अन्य जनप्रतिनिधि सहितका सहभागिले विभिन्न दीर्घ रोगको कारक बनेको रायायनिक मल र विषादीलाई हटाएर जैविक मल विषादीले अर्गानिक नगर बनाउन सवै पक्ष लाग्नु पर्ने धारणा राखेका छन्् ।

सो उद्योगका लागि नगरले शुरुमा १० लाख रुपैयाँ प्रदान गरेको थियो । विद्युत जडान, टन्सफर्मर खरिद तथा सडक स्तरोन्नतीमा समेत नगरपालिका र वडा कार्यालयले सघाएको छ । नगरपालिकाले नगरका कृषकका लागि ५० प्रतिशत अनुदानमा मल र विषादी प्रदान गर्न गत वर्ष ४ लाख रुपैयाँ लगानी गरेको थियो । जस अनुरुप उद्योगले नगरका १० वडामा १ हजार १ सय किलोग्रामका दरले ५० प्रतिशत अनुदानमा प्रदान गरेको छ । १ नम्वर वडामा ५० प्रतिशत अनुदानमा पौष्टिक आहार समेत प्रदान भएको छ ।

नगरका लागि मात्र नभएर १ नम्वर प्रदेशका कृषकहरुलाई प्रोत्साहित गर्ने काम थालेको उद्योगमा जैविक मल, जैविक विषादी र जैविक पौष्टिक आहारा उत्पादन हुँदैछ । जहाँ १० वटा संस्थाको सहकार्यमा उद्योग स्थापना गरेर वढ््दो रासायनिक मल र विषादी हटाउने अभियान अघि बढेको हो ।

सोही वडाको उत्साहि साना किसान कृषि सहकारी संस्थाको संयोजनमा कृषि क्षेत्रमा काम गर्ने मोरङ, झापा र इलामका १० संस्थाको ६३ लाख र बाँकी प्रालिको केन्द्रले गरी साढे २ करोड लगानी भएको छ । जसमा उत्साहीले सवैभन्दा बढी २१ लाख लगानी गरेको छ । कृषक समूहले १,१ लाख र कृषि सहकारी संस्थाले न्यूनतम्् ५ लाख रुपैयाँका दरले त्यहाँ लगानी गरेको छ । उद्योगबाट दैनिक २ टन मल उत्पादन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *