गाउँपालिकाद्रारा डुवान क्षेत्रको अनुगमन्

असार २७ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिकाले तीन दिन अघिबाट आएको अविरल बर्षाका कारण बाढीले क्षती पुर्याएको ठाउँको अनुगमन् गरेका छन् ।

शुक्रबार गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम,वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकी, सव इन्जिनियर सहितको टोली लिएर बाढीको कटान क्षेत्रमा अनुगमन गरेको हो ।

अविरल बर्षाको कारण पालिका क्षेत्र भित्र पुर्याएको क्षतिको अनुगमन गरी विवरण लिर्दै बाढीपीडितलाई सान्तवना दिएका थिए । उपाध्यक्ष राजमती इङ्नामको अनुगमन टोलीले वडा नं. ४ को सम्पूर्ण वडाको अनुगमन गरेका थिए । त्यसैगरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको अनुगमन टोलीले वडा नं. २ को विभिन्न स्थानमा अनुगमन गरेका थिए ।

डाँस खोला कटान,मरिया खोला,चिसाङ खोला कटान, बाँघेझोडा कटान, काफ्ले टोलको आरसिसि कल्र्भट, मुसरबस्तीको डुवान क्षेत्र, गेउरिया खोला लगाएतको अनुगमन गरी विवरण लिएको थियो । शनिबार वडा नं. १,३ र ६,५ र ७ नम्बर वडा अनुगमन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *