पथरीमा अपाङगता नगर समिति गठन, अध्यक्षमा राजेन्द्र दाहाल

असार २५ गते, पथरी । पथरीशनिश्चरेमा नगरपालिका स्तरीय अपाङगता भएका व्यक्तिहरुको हकहित स्थापित गर्न ‘अपाङगता नगर समिति’ गठन भएको छ ।

बुधबार नेपाल अपाङ्ग महिला संघ मोरङको आयोजनामा पथरीमा भएको भेलाले राजेन्द्र दाहाललाई अध्यक्ष बनाउँर्दै १३ सदस्यीय समिति गठन भएको हो । समितिको उपाध्यक्षमा विद्या लुइटेल, सचिवमा टीकाराम सुवेदी, सहसचिवमा नगेन्द्र भुजेल, कोषाध्यक्षमा रुपा तिम्सिना रहेका छन् । त्यसैगरी सदस्यहरुमा अनील खत्री, चन्द्रबहादुर संग्रौला, निलकण्ठ सुवेदी, चित्रखर भट्टराई, रविना लिम्बू, कुलबहादुर चौहान, चन्द्रकुमारी विश्वकर्मा र राजन धिमाल चुनिएका छन् ।

कार्यक्रममा, नगरपालिका उपप्रमुख एवम् अपाङगताका लागि परिचयपत्र वितरण समिति संयोजक यमुना विष्ट वास्तोला र सामाजिक विकास समिति संयोजक कपिलमणि ढकालले नगरमा अपाङगता भएकाहरुको हक हितका लागि कार्यक्रमहरु अघि बढाउने जनाए ।

नवनिर्वा्चित अध्यक्ष दाहालले आफ्नो अधिकारका लागि आफैं अघि बढ्ने अवधारणा अनुरुप अपाङगता भएकाहरु संगठित भएर हक अधिकार स्थापित गर्न तथा सृजनात्मक गतिविधि अघि बढाउन आफुहरु लागि पर्ने उल्लेख गरे ।

पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा संघले २ दिने कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रमका रुपमा कार्यपालिका सदस्य तथा नगरमा अपाङगता भएका व्यक्तिहरुको परिचयपत्र वितरण समितिसँग अपाङगता सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा संघकी जिल्ला अध्यक्ष भीमा खतिवडा र सचिव मीना आचार्यले सहजिकरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *