गरिव घरपरिवारलाई जस्ता पाता वितरण

असार २५ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिकामा ‘खरको छानो विस्थापित कार्यक्रम’ सुरु भएको छ । कार्यक्रम अन्तरगत गरिव घरपरिवारलाई मंगलबार जस्तापाता वितरण गरेको हो ।

वडा नं. ६, को चैतलाल थारु,दावा तामाङ,गोपाल दर्नाल, राममायातामाङ र गंगा भुजेलले आफ्नो वडाबाट जस्तापाता पाएका छन् ।

उनिहरुले ८ फुटे २२ पाता रातो रंग १ नम्बर जस्तापाता पाएको हो । पालिकाले उठेको करबाट गरिव जनताको खरको छानो विस्थापित गर्ने योजना सहित रकम लगानी गरेको छ ।

जस्तापातालाई गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नाम,वडाध्यक्ष खड्ग बस्नेत र धनबहादुर राईले वितरण गरेका थिए । यस अघि अन्यवडाहरुमा वितरण भैसकेको छ । वडा नं. १ देखि ७ सम्म जम्मा ८ फुटे २१२ बन्डल, ९ फुटे ७१ बन्डल वितरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *