शिक्षकको कुटाईबाट विद्यार्थीको मृत्यु, चार शिक्षक पक्राउ

असार २५ गते, कन्चनपुर । शिक्षकको कुटपिटबाट विद्यार्थीको मृत्यु भए पछि प्रअ सहित चारजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका –१७ मझगाउँको महाकाली बाल विद्यालयका प्रिन्सिपल यशोदा जोशी, शिक्षकहरु दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कुटपिटबाट छात्र माधव कलौनीको हिजो राती मृत्यु भए पछि उनिहरुलाई सोधपुछको लागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्जनपुरले जनाएको छ । । मृतक विद्यार्थीका आफन्तका अनुसार भारतको राममूर्ती अस्पतालमा उनको मृत्यु भएको थियो ।

मृतक विद्यार्थीका मामा पुष्पमणी जोशीले शिक्षककै कुटाईबाट भान्जाको मृत्यु भएको जानकारी दिएको स्थानीय पत्रकार मोहनकुमार विष्टले बताए । उनका अनुसार डडेल्धुराको उपक्षेत्रीय अस्पताल, महाकाली, सेती, नेपालगन्जको शिक्षण अस्पताल हुँदै तीनदिन अघि मात्रै उनलाई भारतीय अस्पतालमा उपचारका लागि लगिएको थियो ।

साथीसँग झगडा गरेको आरोपमा शिक्षकले कुटपिट गरेको छात्रको परिवारले बताएका छन् । कक्षा ९ मा अध्ययनरत कलौनीलाई गत शुक्रबार विद्यालयमै कुटपिट गरेको उनका बाबु बृरस्पती कलौनीले जनाए । कलौनीको टाउको, छातीमा चोट र दायाँखुट्टा भाँचिएको थियो ।

‘यता माधवले विद्यालयका अन्य साथीभाईसंग पनि कुटपिट गर्ने झै–झगडा गर्ने र खुकुरी समेत प्रहार गर्ने जस्ता कृयाकलाप गरेकाले उनलाई विद्यालयले निकाला गरिदिएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *