कानेपोखरीमा योजनाको अनुगमन् तीव्र

असार २४ गते, कानेपोखरी । आर्थिक बर्षको अन्त्य तीर कानेपोखरी गाउँपालिका स्तरीय योजनाको अनुगमन तिव्रता पाएको छ ।

अनुगमन्कै क्रममा सोमबार गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन संयोजक राजकुमारी इङ्नाम,प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्म घिमिरे, इन्जिनियर अर्पण थापा,सव इन्जिनियर भेषराज कार्की,अनुगमन् समितिका सदस्य शिवकुमार राजवंशी,
एक दर्जन विभिन्न प्रकारको योजना अनुगमन् गरिएको थियो ।

वडा नं. ४ स्थीत बयरवन–नारायण चौक जोड्ने सडकको साढे ४ सय मिटर कालेपत्रे सडकको अनुगमन गरिएको छ । गाउँपालिकाको २० लाख, वडाले १३ लाख गरी जम्मा ३३ लाख र १५ प्रतिशत जनसहभागीतामा काम सम्पन्न भएको छ ।

सडकको ३० एमएम मोटाई,चौडाई १६ फुट, लम्बाई ४ सय ५१ मिटर र तीन ठाउँमा होमपाईप लगाउने योजनामा रहेको बयरवन–नारायण चौक सडक निर्माण समितिका अध्यक्ष विष्णु लिम्बूले बताए ।

त्यसैगरी वडा नं. ६ र ७ पर्ने शुक्रबारे –विहिबारे सडक कालोपत्रे ६६५ मिटरको कालोपत्रे सम्पन्न भएको छ । ३० एमएम र १६ फुट चौडा भएको सो सडकको जनश्रमदान सहितको ५७ लाखको बजेटमा काम सम्पन्न भएको छ ।

त्यसैगरी वडा नं. ६ र ७ पर्ने अर्को योजना शुक्रबारे–विहिबारे निर्माण भैरहेको १२ सय मिटर लम्बाईको कालोपत्रे सडकको पनि अनुमन गरिएको थियो । त्यसैगरी विहिबारे–पौडेल चौकको ४९० मिटर निर्माण भैरहेको कालोपत्रेको पनि अनुगमन गरिएको थियो ।


त्यसैगरी वडा नं. ६को पञ्चज्योती आधारभूत विद्यालयको निर्माणधिन पर्खालको पनि अनुगमन गरिएको थियो । त्यसैगरी वडा नं. ५ को क्याम्पस –टावर टोल जोड्ने सडक,चिसाङ् खोला तटवन्धन र वडा नं. ३,४,५ र ७ को पैनि बाँध र सरसफाईको अनुगमन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *