१ नम्बर प्रदेश स्तरीय वक्तित्व कला प्रतियोगिता हुने

असार २३ गते, पथरीशनिश्चरे । सामुदायिक विकास मञ्च (सीडीएफ) र अन्तर धार्मिक शान्ति सञ्जालको आयोजनामा १ नम्बर प्रदेश कलेज स्तरीय वक्तित्व कला प्रतियोगिता हुने भएको छ ।

सोमबार सीडिएफ र सञ्जालले पथरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बारे जानकारी गराएका थिए । धार्मिक सद्भाव कायम र विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्ने उदेश्यले आगामी साउन २४ गते प्रतियोगिता गर्न लागेको आयोजकले जनाएका छन् ।

प्रतियोगितामा वक्ताले ‘सामुदायिक शान्ति निर्माणको लागि धार्मिक सहिष्णुता’ शीर्षकमा वक्तव्य दिनुपर्ने आयोजक समितिले जनाएको छ । पथरीशनिश्चरे—२ को सीनभिजेल पार्टी प्यालेसमा हुने कार्यक्रमको लागि साउन १५ गते भित्र आवेदन दिनुपर्ने आयोजक शावित्रा शिवाकोटीले बताए ।

आवेदन दिन कम्तिमा ११ कक्षा पढ्दै गरेको हुनु पर्ने र प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रो हुने प्रतिष्प्रर्धीले क्रमस नगद २५, १५ र १० हजार पुरस्कार प्रदान गरिने सुमन कुरुङ्वाङ्गले बताए । पत्रकार सम्मेलनमा सीडीएफ नेपालको अध्यक्ष कृष्णबहादुर भट्टराई, परियोजना संयोजक सावित्रा शिवाकोटी, आकाश थुलुङ राई, अन्तर धार्मिक युवा सञ्जालको संयोजक सुमन कुरुङ्बाङ्ग लगायतको उपस्थिति रहेको थियो ।

सामुदायिक विकास मञ्चले विभिन्न अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुसँग मिलेर नेपाल धार्मिक सहिष्णुता कायम गर्न कार्यक्रमहरु गर्दै आएको छ । विश्वको विभिन्न मुलुकहरुमा हुँदै आएको धार्मिक द्वन्द्व नेपालमा नभित्रियोस भन्ने उदेश्यले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *