६० केजी चाँदी सहित एक भारतीय पक्राउ

असार १७ गते, विराटनगर । ५९ केजी ९३४ ग्राम चाँदी सहित भारतीय नाकगरी मोरङ प्रहरीले पक्राउ गरेको छ । उत्तरबाट बिआर ११ एके १७९१ नम्बरको मारुती गाडी दक्षिण तर्फ भारत जाने क्रममा विराटनगर महानगरपालिका–१२ स्थीत रोड सेसबाट सोमबार राती प्रहरीले पक्राउ गरेको हो ।


मारुती कार सहित सवारी चालक भारतको जोगबनी १६ बस्ने बर्ष २४ को गौरव कुमार शाहलाई पक्राउ गरेको थियो । विशेष सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा शाहलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।


उक्त कारको अगाडिपट्टिको ड्राइभरको सिटमुनि लुकाई छिपाई राखेको प्लाष्टिकमा कार्टुन टेपले बेरिएको अवस्थामा चाँदी फेला परेको थियो । पहिलो पोकामा प्लाष्टिक बाहेक १९ केजी ९८० ग्राम, दोश्रो पोकामा १९ केजी ९७८ ग्राम र तेश्रो पोकामा १९ केजी ९७६ ग्राम गरी जम्मा ५९ केजी ९३४ ग्राम तौल चाँदी पक्राउ गरेको थियो ।

चालक साहलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कारवाहीको लागि मंगलबार राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको प्रहरीले जनाएको छ । चाँदी जस्तो देखिने धातुको बजारीक मुल्य नेपाली पैसा रु.३६ लाख ९९हजार ६सय ३० रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *