धान रोपेर नेकपाले मनाए कानेपोखरीमा धान दिवस

असार १६ गते,कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कानेपोखरी गाउँपालिका मोरङको आयोजनामा वडा नं.–१ होक्लाबारीमा धानरोपाईं गरेर ‘धान दिवस’ मनाएका छन् ।

आइतबार कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले,उपाध्यक्ष राजमती इङ्नाम,वडाध्यक्ष मोहन अधिकारी,नेकपा प्रदेशसदस्य इन्द्र लिम्बु,जिल्ला सदस्य भोला अधिकारी, राजेन्द्र मण्डल,मनोज राजवंशी र युवा संघ नेपालको जिल्ला अध्यक्ष नविन पौडेल लगाएतका नेता तथा कार्यकर्ता भएर सामुहिक धान रोपाईं गरेको हो ।

असारे गीत गाउँर्दै अध्यक्ष,उपाध्यक्ष सहितको धान रोपि सकेर दही र च्युराको स्वाद लिर्दै धान दिवसको शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *