बेलबारीमा युवा संघ मोरङको वृक्षारोपन

असार १५ गते, बेलबारी । युवा संघ नेपाल मोरङ जिल्ला समितिको आयोजनामा विरुवा रोपेर ‘राष्ट्रिय वृक्षारोपन दिवस’ मनाएका छन् ।

शनिबार बेलबारीको राधानगरमा आयोजित कार्यक्रममा प्रदेशका आन्तरिक तथा मामिला मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा वृक्षारोपन भएको हो । मन्त्री कार्कीले सडक सुशासनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका थिए । उनले प्रदेश सरकार गठन भएकै बेला सडक सुशासनलाई प्राथमिकतामा राखेर नीति ल्याइएको बताए ।

प्रदेशभित्र रहेको करीब १३ हजार किलोमिटर सडक सञ्जालमध्ये पहिलो चरणमा ६२ किलोमिटर सडकलाई सडक सुशासनभित्र राख्नेगरी प्रक्रिया सुरु गरिसकिएको मन्त्रि कार्कीले जनाए । उनले महेन्द्र राजमार्गको कन्काई नदीदेखी मेची पुलसम्म र झुम्कादेखी बेलबारीसम्मको सडकलाई सडक सुशासनभित्र राख्नेगरि आवश्यक कार्य प्रारम्भ गरिसकिएको बताए ।

नेपाल सरकारले देशभर सात करोड विरुवा रोप्ने अभियान शुरु गरेको अवसरमा उक्त कार्यक्रम गरिएको हो । पार्टीको केन्द्रीय निर्णय तथा निर्देशन बमोजिम मदन जयन्तिको अवसर पारेर पर्यावरणको सुरक्षाकालागी देशब्यापि बृक्षरोपण गर्ने अभियानका क्रममा युवासंघ नेपालको आयोजनामा बेलबारी नगरपालिका वडा नं–८, मा वृक्षारोपण गरिएको थियो ।

कृष्ण गुरुङको संचालनमा रहेको कार्यक्रममा संघको जिल्ला अध्यक्ष नवीन पौडेलको सभापतित्वमा भएको थियो । कार्यक्रममा नेकपाको प्रदेश सदस्य डिपी राई, युवा संघ नेपाल केन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेत, केन्द्रिय सचिवलाय सदस्य रविन थापा, बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, उपमेयर ढाका पराजुली, संघका प्रदेश सदस्य माधवराज थापा, रुद्र श्रेष्ठ,हेमसागर ढकाल र हेम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *