पथरीशनिश्चरे नगरमा ७२ करोड ५२ लाखको बजेट पारित

असार १० गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष ०७६÷७७ का लागि ७२ करोड ५२ लाख ६४ हजार रुपैयाँको अनुमानित बजेट पारित गरेको छ ।

मंगलबार भएको पाँचौं नगरसभाले नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलामार्फत प्रस्तुत नीति कार्यक्रम सहित सो बराबरको बजेट पारित गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।

प्रवक्त गुरार्गांले वुधवार पत्रकार सम्मेलनमार्फत नीति, कार्यक्रम तथा बजेटका बारेमा नगरवासीलाई जानकारी गराइने वताए । १० वटा वडा रहेको नगरमा आर्थिक वर्ष ०७६÷७७ का लागि १ करोड रुपैयाँको दरले वडाको बजेट सिलिङ तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *