सिनभिलेज पार्टी प्यालेसमा भोली नगरसभा हुर्दै

असार ९ गते, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले भोली नगरसभा गर्ने भएको छ ।

वडा नम्वर १ स्थित सिनभिलेज पार्टी प्यालेसमा विहान ७ बजेदेखि नगरसभा सुरु हुने नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।

नगरसभाका लागि वडाको सिलिङ बजेटमाथि छलफल गर्दै विषयगत समिति र योजना तर्जुमा समितिको बैठक सकेर नगरसभाको तयारी गरेको प्रवक्ता गुरागाईंले जनाए ।

१० वटा वडा रहेको नगरमा आर्थिक वर्ष ०७६÷७७ का लागि १ करोड रुपैयाँको दरले वडाको बजेट सिलिङ तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *