कानेपोखरीमा डोरी तान संघ गठन, अध्यक्षमा भट्टराई

असार ६ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका स्तरीय कानेपोखरी डोरी तान संघ गठन भएको छ । शुक्रबार पालिकाको सभाहलमा भएको भेलाले संघको अध्यक्षमा गोपाल भट्टराईलाई चयन भएको हो ।

त्यसैगरी उपाध्यक्षमा शिवकुमार राई,सचिवमा गणेश सुवेदी र कोषाध्यक्षमा शोभा जोशी रहेका छन् । त्यसैगरी सदस्यहरुमा जीवन मुडियारी,नवराज सापकोटा,आनान्द ठाकुर,टिका अधिकारी र सारदा खड्का रहेका छन् ।

डोरी तान खेलको मुख्य प्रवद्र्धन गर्ने मुख्य उदेश्यका साथ संघ गठन गरिएको वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकीले बताए । डोरी तान मोरङको अध्यक्ष रिता न्यौपानेको अध्यक्षमा कानेपोखरी गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामको प्रमुख आतिथ्यमा भएको थियो ।

अन्य अतिथि नेकपा जिल्ला सदस्य भोला अधिकारी, वडाहरु सुशिल बुढाथोकी,मोहन प्रसाद अधिकारी, खड्ग बस्नेत र चरण गुरुङ, युवा संघ मोरङ अध्यक्ष नवीन पौडेल, खेलकुद विकास समिती कानेपोखरी अध्यक्ष भुपाल श्रेष्ठ, सुनसरी डोरि तान सचिव युवराज चौधरी, मोरङ सचिव दीक्षा न्यौपाने, वेलवारी अध्यक्ष सितल राय लगाएत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *