पथरीमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

असार ४ गते,पथरी । पथरीशनिश्चरे नगरमा प्रधानमन्त्री रोजगार कार्यक्रम औपचारीक रुपमा सुरु भएको छ । बुधबार वडा नं. ४ मा नगर प्रमुख दिलिपकुमार राईले नगरकै पहिलो कार्यक्रमका रुपमा उद्घाटन गरेका थिए ।

बेरोजगारहरुका लागि रोजगारमा सहयोग पुर्याउने उद्धेश्यले सरकारले ल्याएको कार्यक्रममा नगरका १० वडाका २०÷२० जनाका दरले २ सय जनालाई नगरभित्र आवश्यक काममा रोजगार बनाउने नगरप्रमुख राईले बताए ।

कार्यक्रममा सो वडाका अध्यक्ष गोविन्दवहादुर भण्डारी सहितले मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय सरकारले समेत वडा वडामा रोजगारका कार्यक्रम तय गरेको बताए ।

४ नम्वर वडामा पैनी सरसफाई, सडक मर्मत सहितका कामको योजना बनेकोमा नगर प्रमुख राईको समेत सहभागितामा पैनी सरसफाई कार्यक्रम थालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *