पथरीमा फेरी अर्को शव फेला

असार २ गते,पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेको जंगलमा फेरी अर्को पहिचान नखुलेको एक पुरुषको शव फेला परेको छ ।

सोमबार वडा नं.–२, स्थीत सुन्दर सामुदायिक वनको जंगलमा अन्दाजी ४५–५० बर्षिय पुरुषको शव फेला परेको हो । रातो टिसर्ट र पेन्ट आधाभाग खोलिएको अवस्थामा फेला परेको छ । आर्यन मुलको जस्तो देखिने सडिएको अवस्थामा शव भेटिएकोले पहिहचान हुन नसकेको इस्पेक्टर सुवास भट्टराईले बताए ।

शवलाई जंगल जाने क्रममा स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका थिए । पथरी क्षेत्रमा यस अघि पनि सडिएको अवस्थामा शवहरु धेरै चोटी भेटिएको प्रहरीको तथ्याङ्कमा धेरै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *