दोस्रो अध्यक्ष कपको सप्ताह खेलकुद कार्यक्रम समापन(फोटो फिचर सहित)

फुटबलको उपाधि वडा नं. ६ को हातमा
असार २ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका अन्तरगत संचालित दोस्रो अध्यक्ष कप–२०७६,को खेलकुद कार्यक्रम समापन भएको छ । शनिबार कानेपोखरी–७, को आइतबारेमा भएको समापन कार्यक्रमको फुटबल खेलमा वडा नं. ६ ले उपाधि हात पारेको छ ।

खेलको निर्धारित समयमा खेल बराबरीमा टुङ्गीएपछि उपाधिको छिनोफानो टाइब्रेकरले गरेको थियो । टाईब्रेकरमा वडा नंं ६ ले वडा नं. ५ लाई ३–२ गोलको अन्तरले विजयी हुँर्दै उपाधि चुमेको हो ।

खेलको म्यान अफ दि म्याच उपविजेता टिमका मनिष राई घोषित भएका थिए । राईले नगद ११ सय, ट्रफि,मेडल र प्रमाण पत्र पाएका थिए । त्यसैगरी वेष्ट डिफेन्ड वडा नं. ५ का अर्जुन माझी,वेष्ट गोल किपर वडा नं. ६ का सनिक तामाङ,वेष्ट प्लेयर वडा नं. ६ का काजिमान राई र हाई स्कोर बिप्लव मैनाली भएका थिए ।

उनिहरुले जनही रु ११ सय नगद सहित ट्रफि,मेडल र प्रमाण पत्र पाएका थिए । उनिहरुलाई कानेपोखरी गाउँपालिकाका अध्यक्ष तथा समापन कार्यक्रमका प्रमुख अतिथि ताराबहादुर काफ्लेले सम्मान गरेका थिए ।

संञ्जीव गुरुङको संयोजन र मितेरी युवा क्लबको व्यवस्थापनमा वडा नं. ७ स्थीत आइतबारेको खेल मैदानमा फुटबल खेल भएको थियो । खेलको विजेता वडा नं. ६ ले ८० हजार नगद, ट्रफि,मेडल र प्रमाण पत्र पाएका थिए भने उपविजेताले ५० हजार, ट्रफि,प्रमाण पत्र र मेडल पाएका थिए ।

उपाधि कानेपोखरी गाउँपालिका खेलकुद विकास इन्र्चाज चरण गुरुङ,खेलकुद विकास समिति कानेपोखरीका संयोजक भूपाल श्रेष्ठ, वडाध्यक्षहरु खड्ग बस्नेत र मोहन प्रसाद अधिकारी र नेपाका जिल्ला नेता भोला अधिकारी,नेका क्षेत्रिय नेता सन्तोष फुयललगाएतले वितरण गरेका थिए ।

वडा स्तरीय महिला फुटबल प्रतियोगिता

शुक्रबार भएको महिला मैत्रिपूर्ण फुटबल खेलमा पहेंलो टिम प्रथम भएका छन् । त्यसैगरी रातो टिम द्धितीय भएको छ । प्रथम हुनेले नगद १० हजार,ट्रफि,प्रमाण पत्र र मेडल पाएका थिए । भने द्धितीय हुनेले नगद ५ हजार,ट्रफि,प्रमाण पत्र र मेडल पाएका थिए । उनिहरलाई समापन कार्यक्रममा कानेपोखरी गाउँपालिका न्यायिक समितिका सदस्य तथा वडा नं. ६ की महिला वडासदस्य मुना श्रेष्ठले सम्मान गरेका थिए ।

वडा स्तरीय क्रिकेट प्रतियोगिता

वडा स्तरीय क्रिकेट प्रतियोगिताको फाइनल खेलको उपाधि वडा नं. ३ ले हात पारेको छ । उपविजेता वडा नं. ६ बनेका थिए । खेलको म्यान अफ द म्याच विजेता टिमका अशोक सरदार भएका थिए । विजेताले नगद २५ हजार,ट्रफि,प्रमाण पत्र र मेडल पाएका थिए । भने उपविजेताले नगद १५ हजार,ट्रफि,प्रमाण पत्र र मेडल पाएका थिए । विजेता र उपविजेता टिमलाई वडाअध्यक्षहरु र पार्टी प्रतिनिधिहरुले वितरण गरेका थिए ।

वडा स्तरीय भलिबल तर्फ

वडा स्तरीय भलिबल प्रतियोगितामा वडा नं. १ विजयी भएका छन् । उपविजेता वडा नंं. ५ बनेका थिए । खेलको विजेता वडा नं. १ ले ५१ हजार, उपविजेताले ३१ हजार, ट्रफि,मेडल र प्रमाण पत्र पाउने खेलकुद विकास समितिका अध्यक्ष भूपाल श्रेष्ठले बताए ।

वडा स्तरीय व्याडमिन्टन तर्फ

वडा स्तरीय व्याडमिन्टनमा सिङ्गल तर्फ वडा नं. ७ का मिलन उप्रेती प्रथम र वडा नं. १ का उद्धव पोख्रेल दोस्रो भएका थिए । त्यसैगरी डबल तर्फ वडा नं. ७ का गणेश सुवेदी र पदम सिवाकोटी प्रथम र वडा नं. १ का उद्धव पोख्रेल र अमित दाहाल दोस्रो भएका थिए ।
सिङ्गल खेलको पहिलो ६ हजार र दोस्रो ४ हजार, त्यसैगरी डबल खेलमा प्रथम १० हजार र दोस्रो ५
हजार र ट्रफि,मेडल र प्रमाण पत्र वितरण गरेको खेल संयोजक मनोज अधिकारीले बताए ।

वडा स्तरीय वुद्धिचाल तर्फ
वडा स्तरीय बुद्धिचाल तर्फ वडा नं. २ का दिनेश बास्तोला प्रथम र वडा नं. ४ का प्रकास नाइका राई दोस्रो भएका थिए । खेलमा प्रथम १०हजार १ सय र दोस्रो ५ हजार १ सय र ट्रफि,मेडल र प्रमाण पत्र वितरण गरेको खेल संयोजक प्रकास धिमालले बताए ।

वडा स्तरीय म्याराथुन तर्फ
वडा स्तरीय म्याराथुन तर्फ पुरुष तर्फ वडा नं. ६ सन्तोष श्रेष्ठ प्रथम र आशिल सुन्दास द्धितीय र वडा नं. ५ का अनोमल धिमाल तृतीय भएका थिए । महिला तर्फ वडा नं. ७ सुजना पुरी प्रथम, वडा नं. ४ का रक्षा धिमाल द्धितीय र वडा नं. ५ का निकिता धिमाल तृतीय भएका थिए ।
प्रथम ५हजार, द्धितीय ३ हजार र तृतीय १५ सय, ट्रफि,मेडल र प्रमाण पत्रले सम्मान गरेका थिए ।

वडा स्तरीय एथलेटिक्समा
वडा स्तरीय एथलेटिक्स तर्फ ५ सय मिटर दौढमा पुरुष तर्फ प्रथम वडा नं. ५ का रोहित धिमाल, द्धितीय निखिल धिमाल र तृतीय विप्लब मैनाली भएका छन् । त्यसैगरी महिला तर्फ पुरुष तर्फ प्रथम वडा नं. ४ का रक्षा धिमाल, द्धितीय वडा नं. ७ का आकृती दुलाल र तृतीय वडा नं. ३ का कृती चौधरी भएका छन् ।

वडा स्तरीय ज्यावलिङ थ्रोमा
वडा स्तरीयस ज्यावलिङ थ्रोमा पुरुष तर्फ प्रथम वडा नं. ५ का पर्वत माफी र द्धितीय रोषन माझी र तृतीय वडा नं. २ का निरज रावंशी भएका छन् । त्यसैगरी महिला तर्फ प्रथम वडा नं. ४ का निकिता धिमाल, द्धितीय वडा नं. ६ का जमु्ना खजुम र तृतीय वडा नं. ७ का आकृती दुलाल भएका छन् ।

वडा स्तरीय सर्टफुटमा
वडा स्तरीयस सर्टफुटमा पुरुष तर्फ प्रथम वडा नं. ५ का निखिल धिमाल र द्धितीय रोषन माझी र तृतीय वडा नं. ७ का ओएसम लिम्बु भएका छन् । त्यसैगरी महिला तर्फ प्रथम वडा नं. ७ का जमुना खजुम, द्धितीय वडा नं. ५ का निकिता धिमाल र तृतीय वडा नं. ४ का रक्षा धिमाल भएका छन् ।

वडा स्तरीयस र्टफुटमा
वडा स्तरीयस लङजम्पमा पुरुष तर्फ प्रथम वडा नं. ५ का ओमन धिमाल र द्धितीय वडा नं. ४ का साहिल कार्की र तृतीय वडा नं. ५ का पर्वत माझी भएका छन् । त्यसैगरी महिला तर्फ प्रथम वडा नं. ५ का निकिता धिमाल, द्धितीय वडा नं. ४ का रक्षा धिमाल भएका छन् ।

सवै भन्दा धेरै पदक वडा नंं. ५ लाई

वडा स्तरीय खेलकुद कार्यक्रममा वडा नं. १ ले १ स्वर्ण र २ रजत गरी जम्मा ३ पदक, बडा नं. २ ले १ स्वर्ण र १ कास्य गरी जम्मा २ पदक,वडा नं. ३ ले १ स्वर्ण गरी जम्मा १ पदक, वडा नं. ४ ले १ स्वर्ण, ३ रजत र १ कास्य गरी जम्मा ५ पदक, त्यसैगरी वडा नं. ५ ले ७ स्वर्ण, ७ रजत र २ कास्य गरी जम्मा १६ पदक,वडा नं. ६ ले २ स्वर्ण, २ रजत गरी जम्मा ४ पदक र वडा नं. ७ ले ४ स्वर्ण,१ रजत र २ कास्य गरी जम्मा ७ पदक पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *