चाँदनी चौकमा संसार ज्वलरी र ग्लोबल बैंक सेवा उद्घाटन

जेठ ३१ गते, बेलबारी । बेलबारी नगरपालिका –१०, स्थीत राधानाघरको चाँदनी चौकमा ग्लोबल आईएमई बैंकको शाखा रहित सेवा सँगै संसार ज्वलरी एण्ड रेमिटको पनि उद्घाटन भएको छ ।

शुक्रबार एक कार्यक्रम विच कार्यक्रमको प्रमुख अतिथि १० नम्बर वडा अध्यक्ष गंगा याक्खा र ग्लोबल आईएमई बैंक विराटचौक शाखाको प्रबन्धक क्षितिज खडका र युवा नेता रविन थापाले उद्घाटन गरेको हो ।

उक्त स्थानमा शाखा रहित आईएमई बैंकले काउन्टरमार्फत सेवा दिने उद्ेश्यले उद्घाटन गरेको विराटचौक शाखाको प्रबन्धक क्षितिज खडकाले बताए । उनले बैंकले देशभर १४८ वटा यस्तो शाखारहित सेवा दिदै आएको र बैंकको १सय४५ शाखाबाट सेवा दिई रहेको उनले बताए ।

संसार ज्वलरी एण्ड रेमिटको प्रोपाइटर खगेन्द्र थेबेको सभापतित्वामा भएको कार्यक्रममा नविन पौडेलले कार्यक्रम संचालन गरेका थिए । संसार ज्वलरी यस अघि कानेपोखरी –६, स्थीत रमाइलोमा शाखा संचालन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *