क्रिकेट खेलमा वडा नं. ६ फाइनलमा प्रवेश

जेठ ३१ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिकामा जारी क्रिकेट खेलको सेमीफाइनल खेलमा वडा नं. ६ विजयी हुँर्दै फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको खेलमा वडा नंं ६ ले टस जितेर फिल्डीङ रोजेका थिए । व्याटिङको जिम्मा पाएको वडा नं. २ ले १२ ओभरमा सबै विकेट गुमाएर ५८ रनको टारगेट दिएका थिए । जवाफी व्याटिङ गरेको वडा नं. ६ ले १५ ओभरमा ९ विकेटको क्षतीमा लक्ष प्राप्त गरेको थियो ।

तस्वीर: रोषन तिम्सिना

खेलको म्यान अफ दि म्याच विजेता टिमका निश्चल ओझा भएका थिए । ओझाले ट्रफि र मेडल पाएका थिए । शनिबारको फाइनल खेल वडा नंं ३ र ६ विच विहान ८ बजे खेल हुने खेल संयोजक रोषन तिम्सिनाले बताए ।

त्यसैगरी विहिबार भएको क्वाटर फाइनल खेलमा टस जितेर व्याटिङ रोजेका वडा नं.२ ले १४ ओभरमा सवै वीकेट गुमाएर ८० रनको टारगेट दिएका थिए । जवाफी वाटिङमा वडा नं. ७ ले १४ ओभरमा मात्र ५७ रन बनाएर अलआउट हुँदा २ नं. वडा २२ रनले विजेता वनेका थिए ।

खेलको विजेताले २५ हजार, उपविजेताले १५ हजार, ट्रफि,मेडल र प्रमाण पत्र पाउने खेलकुद विकास समितिका अध्यक्ष भूपाल श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *