नगरका ८३ ज्येष्ठ नागरिकलाई सम्मान

जेठ ३१ गते,पथरी । पथरीशनिश्चरे नगरपालिकाले वडा नम्वर –१ का ८० वर्षमाथिका ८३ जना ज्येष्ठ नागरीकलाई सम्मानित गरिएको छ ।

ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र पथरीशनिश्चरे १ ले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई, केन्द्रका केन्द्रीय महासचिव कृष्णप्रसाद घिमिरे सहितले जनही नगद ५ सयले सम्मान गरेको हो । सम्मान साथै उनिहरुलाई एक–एक थान झुल समेत वितरण गरीएको थियो ।

यसैगरी, लामखुट्टेजन्य रोगबाट बच्नका लागि १० नम्वर वडाका २ सय विपन्न परिवारलाई झुल वितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *