गाउँ जोड्र्दै कालोपत्रेले

जेठ ३० गते, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नं. ४ स्थीत बयरवन–मिलन चौक जोड्ने सडकको साढे ४ सय मिटर कालेपत्रे निर्माण सम्पन्न भएको छ ।

आर्थिक बर्ष २०७५÷०७६ मा काम सम्पन्न हुने गरी गाउँपालिकाले २० लाख र वडाले १३ लाख गरी जम्मा ३३ लाख विनियोजन गरेको थियो । त्यसैगरी कुल रकमको १५ प्रतिशत स्थानीयको लगानी रहेको छ ।

वडा नंं. ४, को हस्तीनापुर– गैरीगाउँ सडक

सडकको ३० एमएम मोटाई,चौडाई १६ फुट, लम्बाई ४ सय ५१ मिटर र तीन ठाउँमा होमपाईप लगाउने योजनामा रहेको बयरवन–मिलन सडक निर्माण समितिका अध्यक्ष विष्णु लिम्बूले बताए । खेम राजवंशीको घरदेखि रमेश दाहालको जग्गा सम्म कालोपत्रे भएको हो ।

गत बर्ष सोही सडक ४ सय ९२ मिटर कालोपत्रे भएको थियो । गाउँपालिको ३० लाख र स्थानीयहरुबाट ३० प्रतिशत संकलन गरी कालो पत्रे गरेको हो । सोही बजेट अनुसार बयरवन बजारको रातेखोला पुल देखि पूर्व खेम राजवंशीको घरछेउसम्म पीच भएको थियो ।

वडा नंं. ४, को बयरवन– नारायण चौक सडक

हुलाकी मार्ग भनेर चिनिने सडकलाई निमार्ण समितिका अनुसार अहिले ४० फुटलाई कायम राखेर कालोपत्रे गरिर्दै आएको छ । आगामी बर्षमा नारायण चोक पुर्याउने गाउँपालिकाको योजना रहेको छ । नारायण चोक कालोपत्रे पुग्न ३ सय ७० मिटर बाँकी रहेको छ ।

वडा नंं. ४, को हस्तीनापुर– गैरीगाउँ सडक

त्यसैगरी वडा नं. ४ ले आर्थिक बर्ष २०७५÷०७६ मा हस्तिना पुर –गैरी गाउँलाई कालोपत्रेको लागी २० लाख विनियोजन गरेका थिए । स्थानीयहरुको १५ प्रतिशत श्रमदान सहित ५ सय ५ मिटर लम्बाई, ५ मिटर चौडाई र ३० एमएमको उचाई भएको सडक निर्माण सम्पन्न भएको छ ।

ठेक्का कसैलाई नदिई समिति आफैले निर्माण गरेकोले कालोपत्रे १ नम्बर भएको हस्तिनापुर–गैरी गाउँ सडक निर्माण समितिका अध्यक्ष टेक बहादुर तामाङले बताए । गाउँमा सडक कालोपत्रे भएपछि गाउँनै फेरिएको स्थानीय सन्तोष निरौलाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *