पथरीमा २५ जनाबाट इम्प्लान्ट प्रयोग

जेठ २९ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरको शनिश्चरे स्वास्थ्य चौकीमा आयोजित एक दिने शिविरमा २५ जना महिलाले आमो अवधिको परिवार नियोजनको साधन उपयोग गरेका छन् ।
नगरपालिका अन्तर्गतको स्वास्थ्य शाखाले लामो अवधिको परिवार नियोजनका साधन प्रयोगकर्ताहरुका लागि आयोजना गरेको ‘सेटलाइट क्याम्प’मा २५ जना महिलाले इम्प्लान्ट प्रयोग गरेका हुन ।
शिविरमा नगर प्रमुख दिलिपकुमार राई, स्वास्थ्य संयोजक मुरारी आचार्य सहितको आतिथ्यतापूर्ण सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *