दोस्रो अध्यक्ष कपमा वडा नं. ५ र ६ फाइनलमा प्रवेश

जेठ २९ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा जारी दोस्रो अध्यक्ष कप–२०७६,को बुधबार भएको खेलमा वडा नं. ६ विजयी हुँर्दै फाइनलमा प्रवेश गरेको छ । खेलकुद विकास समिति कानेपोखरीको आयोजनामा भएको खेलमा वडा नं. ६ ले वडा नं. ३ लाई शून्यको विरुद्ध ३ गोलको अन्तरले विजयी हुँर्दै फाइनलमा प्रवेश गरेको हो ।

खेलमा वडा नं. ६ को तर्फबाट विप्लव मैनालीले मध्यान्तर अघि १ गोल लगाएका थिए । त्यसैगरी मध्यान्तर पछि काजिमान राईले १ र विक्रम श्रेष्ठले १ गोल गर्दै खेललाई ०–३ बनाएउर्दै विजेता बनेका थिए ।

खेलको म्यान अफ दि म्याच विजेता टिमका काजिमान राई घोषित भएका थिए । राईले ट्रफि,मेडल पाएका छन् । शनिबार फाइनल हुर्दै छ । फाइनलमा वडा नं. ६ र ५ विच खेल हुने आयोजक समितिका संयोजक भूपाल श्रेष्ठले बताए ।

त्यसैगरी मंगलबार वडा नंं. ५ र ७ विच भएको खेलमा वडा नंं ५ विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । निर्धा्रित समयमा बराबरीमा खेल समाप्त भएपछि खेलको छिनोफानो टाईब्रेकरले गरेको थियो । टाईब्रेकरमा वडा नंं ५ ले ३ गोल र वडा नंं ७ ले १ गोल लगाएका थिए । खेलको म्यान अफ दि म्याच विजेता टिमका गोल रक्षक प्रकाश कार्की घोषित भएका थिए । कार्कीले मेडल र मेडल पाएका थिए ।

संञ्जीव गुरुङको संयोजन र मितेरी युवा क्लबको व्यवस्थापनमा वडा नं. ७ को आइतबारे खेल मैदानमा भैरहेको छ । फुटबल खेलको विजेताले ८० हजार र उपविजेताले ५० हजार, ट्रफि,प्रमाण पत्र र मेडल पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *