बुद्धिचाल प्रतियोगितामा बास्तोला र राई विजयी

जेठ २७ गते, कानेपोखरी । खेलकुद विकास समिति कानेपोखरीको आयोजनामा भएको बुद्धिचाल(चेस) प्रतियोगितामा सोमबार भएको खेलमा वडा नं. २ का दिनेश बास्तोला विजेता बनेका छन् ।

वडा नं. ४ का प्रकास नाईका राईलाई पछि पार्दै बास्तोला विजेता बनेको हो । नाईका उपविजेता भएका छन् । १९ जना प्रतिस्पधिहरुलाई उछिन्र्दै बास्तोला र राई क्रमश विजेता र उपविजेता भएको हो ।

खेलमा २९ जनाले खेलको फारम भरे पनि खेलमा सहभागी १९ जना मात्र भएको खेल संयोजक प्रकास धिमालले बताए । स्वीस मेथोडबाट खेल संचालन गरिएको खेलमा फाइनलमा पुग्नु ४ जना संग खेल खेल्नु परेको थियो ।

गाउँपालिकाको सभाहलमा भएको खेलको चेस बुद्धिचालको प्रथम पुरस्कार १० हजार १ सय र दोस्रो पुरस्कार ५ हजार १ सय रहेको र विजेता र उपविजेतालाई खेलको समापन कार्यक्रममा पुरस्कृत गरिने संयोजक धिमालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *