अध्यक्ष कपको दोस्रो दिन वडा नं. ३ विजयी

जेठ २६ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. – ७, को खेलमैदानमा जारी दोस्रो प्रतिष्ठित अध्यक्ष कप–२०७६,को दोस्रो दिनको खेलमा वडा नं. ३ विजयी भएको छ ।

खेलकुद विकास समिति कानेपोखरी मोरङको आयोजनामा भएको आइतबार भएको खेलमा वडा नं. ३ ले वडा नं. ४ लाई शून्यको विरुद्ध २ गोलको अन्तरले विजयी भएको हो । मध्यान्तर अघि खेलको १० औं मिनेटमा वडा नं. ३ को तर्फबाट सागर लावतीले १ गोल लगाएका थिए ।

त्यसैगरी खेलको २५ र्औ मिनेटमा उज्वल चौधरीले १ गोल थप्र्दै टिमलाई बलियो बनाएका थिए । मध्यान्तर पछि खेलमा भने दुवै पक्षका टिमले कुनै गोल गर्न सकेन्न । खेलको म्यान अफ दि म्याच उपविजेता टिमका गोल रक्षक किसन लिम्बु घोषित भएका थिए । लिम्बुले ट्रफि,मेडल पाएका थिए । सोमबारको खेल वडा नं. १ र ६ विच खेल हुने आयोजक समितिका संयोजक भूपाल श्रेष्ठले जनाए ।

संजीव गुरुङको संयोजनमा मितेरी युवा क्लबको व्यवस्थापनमा वडा नं. ७ को आइतबारे खेल मैदानमा हुदै छ । फुटबल खेलको विजेताले ८० हजार र उपविजेताले ५० हजार, ट्रफि,प्रमाण पत्र र मेडल पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *