रोजगार बन्न मोबाइल तालिम लिर्दै कानेपोखरीका युवा

जेठ २४ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिकाको युवाहरुले रोजगार बन्नको लागी मोबाइल मर्मत तालिम सिक्र्दै आएको छ ।

तीन महिने मोबाइल मर्मत तालिममा पालिका भरीका २३ जना युवाहरु सहभागी भएर शिप सिक्दै आएको हो । तालिम युवा स्वरोगार कार्यक्रम अन्तरगत गाउँपालिकाको आयोजनामा भएको हो ।

तालिमलाई स्थानीय विकास न्यौपानेले सहजिकरण गरिरहेको छ । मोबाइलको हरेक सामान चिन्न कार्यक्रमको सुरुमै १५ दिन कक्षा दिएको र मोबाइलमा सवै भन्दा ठुलो प्राटिकल हो, तीन महिनामा त व्यासिक कोर्षमात्र हुने प्रशिक्षक न्यौपानेले बताए ।

तालिम सिक्ने मध्ये राजेश राउत,यादव तिम्सीना र मदन पौडेलले व्यवसायीक रुपमा मोबाइल पसल गर्दै आएका थिए । अन्य तालिममा सहभागी हुनेलाई आत्मनिर्भर र स्वरोजगार बनाउने युवा स्वरोजगार कानेपोखरीका अध्यक्ष कुमार फुयलले बताए ।

उनले २५ जनालाई ११सय ५० रुपैयाको मोबाइल बनाउदा लाग्ने सामान खरिद गरेर दिएको र तालिम पछि उनिहरुले व्यवसायिक बन्न चाहेमा सो सामान दिएर रकम पनि दिने अध्यक्ष फुयलले बताए । उनले भने–‘यस बर्ष जसले तालिम सिकेको छ,अर्को बर्ष उनिहरुलाई नै डिप्लोमा तालिम दिने छौँ ।’

युवा स्वरोजगार कार्यक्रम अन्तरगत मोबाइल तालिमलाई गाउँपालिकाले १ लाख ५० हजार रकम छुट्याएको थियो । युवा स्वरोजगार कार्यक्रम अन्तरगत तीन महिने मन्टेश्वरी तालिम, ड्राइभिङ तालिम,आल्मुनिय फिटिङ तालिम,आधुनिक कृर्षि तालिम,उद्घोषन तालिम,तीन महिने कम्प्युटर तालिम र मेसन तालिमहरु संचालन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *