कानेपोखरीमा बाल शिक्षकको तलब बृद्धि गर्न माग

जेठ २१ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा बाल शिक्षकहरुले तलबको बृद्धि गर्न माग राखेका छन् । आर्थिक बर्ष २०७६÷०७७ को लागी सरकारले ल्याएको बजेटमा तलब बृद्धि नगरी विभेद गरेको भन्दै गाउँपालिकालाई तलब बृद्धिको माग राखेको हो ।

मंगलबार गाउँपालिकाको कार्यालयमा भेला भएर तलब बृद्धिको माग राख्दै गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले,उपाध्यक्ष राजकुमारी इङ्नाम र स्रोत व्यक्ति प्रेम कार्कीलाई ज्ञापन पत्र बुझाएको हो । उनिहरुले प्राथमिक तहको शिक्षकहरुले पाउँर्दै आएको तलब सरह वृद्धि गरिदिन माग गरेका छन् । अन्य पालिकाहरुमा बाल शिक्षकको तलब बृद्धि गरिरहेको तथ्य प्रशस्त रहेको बताउँर्दै कानेपोखरी गाउँपालिकाले पनि यस आर्थिक बर्ष देखि बाल शिक्षकको बजेट छुट्याउनु पर्ने बताएका छन् ।

एउटा निरक्षर झाडु बढार्ने श्रमीकको भन्दा आधा तलब दिएर एसएसली देखि एमए गरेका बाल शिक्षकहरुलाई काम लगाउनु राष्ट्रकै बेइज्जत भएको विज्ञप्तीमा उल्लेख छ । अहिले ५ हजार ९ सय ४० मा १० बजे देखि ४ बजे सम्म काम लगाई दिनु श्रम शोषण गरेर सरकारले महापाप गरेको उनिहरु बताउँछन् ।

इच्छा कोइरालाको अध्यक्षतामा गाउँपालिका स्तरीय ११ सदस्य समिति निर्माण गरी गत बर्ष पनि तलब बृद्धिको माग गरेका थिए । बाल शिक्षकको बारेमा गाउँपालिकाले निकालेको बार्षिक क्यालेण्डर मा समेत बालशिक्षकको नसमेटिदिएको रुपा बस्नेतले बताइन् ।

नेपाल श्रम ऐन २०७४ ले कुनै पनि निजी निकायमा कार्यरत निम्न स्तरको श्रमिकलाई समेत मासिक ८ हजार ४ सय ५५ रुपैया,महँगी भत्ता मासिक ४ हजार ९ सय ९५, औषधि उपचार विमा १ लाख र सबै प्रकारको दुर्घटना विमा ७ लाखको व्यवस्था रहेको छ ।

सामुदायीक विद्यालयमा ३४जना बाल शिक्षक रहेका छन् । जस मध्ये २६ जनाले सामूहिक हस्ताक्षर गरी विज्ञप्ती बुझाएको थियो । पत्र बुझ्र्दै पालिका अध्यक्ष ताराबहादुर काफ्लेले बाल शिक्षकले बालबालिकालाई पढाउने २ घण्टा मात्र भएको बताउँर्दै १० बजे देखि ४ बजे सम्म बाल शिक्षकले पढाउनु भनेको सरकारले श्रमको शोषण नै गरेको बताए । उनले गाउँपालिकामा बाल शिक्षकलाई दिने बजेट नभएको बताउँर्दै तलब बृद्धि बारेमा आश्वासन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *