कानेपोखरीमा वडा स्तरीय खेलकुद प्रतियोगिता हुने

जेठ २० गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका स्थीत खेलकुद विकास समितिले वडा स्तरीय विभिन्न विद्यामा खेलकुद प्रतियोगिता गर्ने भएको छ ।

सोमबार गाउँपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै खेल सम्बन्धि जानकारी गराएको हो । खेलकुद विकास समिति कानेपोखरीले अध्यक्ष कप फुटबल, भलिबल, क्रिकेट, व्याडमिन्टन,बुद्धिचाल,एथलेटिक्स,मैत्रिपूर्ण महिला फुटबल खेल, एम्पायर टेनिङ र म्याराथुन लगाएतको खेल यस पटक प्रतियोगिता गर्न लागेका छन् ।

गाउँपालिकाले फुटबल र भलिवल खेलको लागी ७ वटै वडामा प्रशिक्षण दिर्दै आएको छ । फुटबलमा प्रकास कार्की र भलिवलमा उद्धव पोख्रेललाई प्रशिक्षकको रुपमा नियुक्त गरेर प्रशिक्षण दिर्दै आएको छ ।

‘खेलकुद प्रवर्धन तथा खेलकुदको माध्यमबाट स्थानीय खेलाडीहरु उत्पादन गरी राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय स्तरमा उत्रन सक्ने खेलाडीहरु तयार गरी कानेपोखरीको मात्रै नभई देशको नाम चिनाउने हाम्रो उद्देश्य हो ।’ नारा सहित जेठ २५ गतेबाट असार १ गते सम्म खेल हुने भएको छ ।

यस अघि समितिले फुटबल प्रत्येक वडामा ७ थान र २ थान भलिबल सहित नेट लगाएत खेल सामाग्री खरिद गरी वितरण गरिसकेको छ ।

पत्रकार सम्मेलनमा कानेपोखरी विएण्ड वि कन्ट्रक्सन प्रालिका संचालक तथा खेलकुद विकास समिति कानेपोखरी संयोजक भूपाल श्रेष्ठले ७ वटै वडामा १५ सेटको फुटबल जर्सी वडा खेल संयोजकलाई वितरण गरेका थिए ।

त्यसैगरी फुटबलको संजीव गुरुङको संयोजनमा मितेरी युवा क्लबको व्यवस्थापनमा वडा नं. ७ को आइतबारे खेल मैदानमा हुने छ । त्यसैगरी उद्धव पोख्रेलको संयोजनमा वडा नंं. ६ को जनसेवा माविको खेल मैदानमा भलिबल हुने छ । बुद्धिचाल प्रतियोगिता प्रकास धिमालको संयोजनमा हुने छ ।

आर्थिक बर्ष २०७५÷०७६ मा कानेपोखरी गाउँपालिकाले पालिकाको खेलकुद क्षेत्रमा १६ लाख ६५ हजार विनियोजन गरेका थिए । जसमध्ये ४ लाख दोस्रो अध्यक्ष कपमा खर्च गरिने र १२ लाख ६५ हजार ९ वटा विद्याको खेलकुद कार्यक्रममा खर्च गरिने खेलकुद विकास समितिका अध्यक्ष भूपाल श्रेष्ठले बताए ।

फुटबल खेलको विजेताले ८० हजार र उपविजेताले ५० हजार, ट्रफि,प्रमाण पत्र र मेडल पाउने छ । त्यसैगरी भलिबलको विजेता टिमले ५० हजार र उपविजेता टिमले ३० हजार सहित ट्रफि,प्रमाण पत्र र मेडलले सम्मान गर्ने खेलकुद विकास समितिका सचिव एविन्द्र पाठकले जनाए । अन्य खेलमा खेलाडीहरु सम्पर्कमा आउने क्रम भएकोले विजेता र उपविजेताको राशी छुट्याउनु नसकेको बताउँर्दै चाडैँ निचोडमा पुग्ने संयोजक श्रेष्ठले बताए ।

कार्यक्रममा कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम, ५ नं. वडाध्यक्ष चरण गुरुङ, ६ नंं. वडाध्यक्ष खड्ग बस्नेत,७ नंं.अध्यक्ष मोहनप्रसाद अधिाकारी,स्थानीय नेता भोला अधिकारी लगाएत उपस्थीत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *