आधारभूत मेलमिलाप तालिम सम्पन्न

जेठ १८ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले आयोजना गरेको ७ दिने आधारभूत मेलमिलाप तालिम सम्पन्न भएको छ ।

शनिबार कानेपोखरी गाउँपालिकाको उपाध्यक्ष तथा न्यायिक समिति संयोजक राजमती इङ्नामले औपचारीक रुपमा समापन गरेको हो । प्रशिक्षकले गणेश लुइटेल र राम पोख्रेलले मन्तव्य राखेका थिए ।

समापन कार्यक्रमको अघिल्लो दिन जिल्ला न्यायधीस राजकुमार खतिवडाले पनि प्रशिक्षण दिएका थिए । यो सँगै अहिले मुद्दा लिएर गाउँपालिका नै धाउनु पर्ने बाध्यता भएकोले अब टाढाकोलाई सहज हुने भएको छ ।

यस अघि गाउँपालिकामा उपाध्यक्ष तथा न्यायिक समिति संयोजक राजमती इङ्नामले गाउँपालिका भित्रको न्याय सम्पादन गर्दै आएकी थिइन् । मुद्दा छिनोफानो वडा गत हुने भएप्छि पालिकामा अलिक सहज हुने र ंवडामा आएको मुद्दाहरु वडाले मेलमिलाप गर्न नसकेमा गाउँपालिकाले नै गर्ने उपाध्यक्ष इङ्नामले बताइन् ।

यस आर्थिक बर्षमा गाउँपालिकामा विभिन्न प्रकारको उजुरी १ सय ५१ वटा दर्ता भएको छ । जस मध्ये १५ वटा मुद्दा मिलाउन बाँकी अरु सवै मिलाई सकेको उपाध्यक्ष तथा न्यायिक समिति संयोजक इङ्नामले बताइन् । आधारभूत मेलमिलाप तालिममा प्रत्येक वडाबाट वडाध्यक्ष सहित ६ जनाको दरले ४२ जनाले सहभागीता जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *