वडा गत फुटबल खेलको उपाधि संयुक्त गुम्बा क्लबको हातमा

जेठ १८ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नं. ४, मा रहेको मातृभूमि समाज सेवा क्लबको खेल मैदानमा भएको फाइनल खेलको उपाधि संयुक्त गुम्बा क्बलले हात पारेको छ ।

शुक्रबार भएको फाइनल खेलमा मातृभूमि समाज सेवा क्लब (रातो)लाई ०–१ गोलको अन्तरले हराउर्दै संयुक्त गुम्बा क्लबले उपाधि हात पारेको हो ।

खेलमा संयुक्त गुम्बाको तर्फबाट मध्यान्तर अघि रोहित लिम्बुले निर्णायक गोल गरेका थिए । त्यसैगरी उपविजेता मातृभूमि समाज सेवा क्लब(रातो)को तर्फबाट खेल अवधिभर कुनै गोल हुन सकेन ।

खेलको विजेता टिमले १२ हजार र उपविजेतालाई ८ हजार, ट्रफी,मेडल र प्रमाण पत्र पाएका थिए । खेल वडा नंं ४ को आर्थिक सहयोगमा भएको थियो । समापन कार्यक्रममा बोल्र्दै वडाध्यक्ष धनबहादुर राईले वडामा खेलकुद क्रियाकलाबलाई प्राथमिकतामा राखिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *