यायोक्खा केन्द्रीय अध्यक्ष राई इलाममा सम्मानित

जेठ १६ गते, इलाम । पहिचान आन्दोलनको अभियान्ता समेत रहेका किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राई इलाममा सम्मानित भएका छन्् ।

किरात समुदायको भाषा, संस्कार संस्कृतिको जगेर्ना, शैक्षिक, सामाजिक, सांस्कृतिक, राजनीतिक अधिकार प्राप्त गर्नको लागि रचनात्मक कार्य गर्दै, किरात राई विद्यार्थी संघको केन्द्रीय अध्यक्ष र साझा सामाजिक संस्था किरात राई यायोक्खाको केन्द्रीय अध्यक्ष भएर निरन्तर पहिचानको आन्दोलनमा लागिरहेको भन्दै किरात राई यायोक्खा इलामले ९ औं जिल्ला अधिवेशनको अवसर पारेर सम्माण गरेको हो ।

दिवससँगै इलाम जिल्ला कार्यक्षेत्र भएको केन्द्रीय सचिव कृष्ण खालिङ्ग राई, केन्द्रीय सदस्य प्रेम नाछिरिङ्ग राईलगायतलाई यायोक्खा इलामले सम्माण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *