वडा गत फुटबल प्रतियोगितामा संयुक्त गुम्बा फाइनलमा प्रवेश

जेठ १६ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नं. ४, मा रहेको मातृभूमि समाज सेवा क्लबको खेल मैदानमा जारी वडागत फुटबल प्रतियोगितामा संयुक्त गुम्बा क्बल फाइनलमा पुगेको छ ।

विहिबार भएको खेलमा मातृभूमि समाज सेवा क्लब (नीलो)लाई ०–२ गोलको अन्तरले संयुक्त गुम्बा क्लब फाइनमा पुगेको हो । खेलमा संयुक्त गुम्बाको तर्फबाट सकिल तामाङले १ र जीवन नेपालले १ गरी जम्मा २ गोल लगाएका थिए । त्यसैगरी उपविजेता मातृभूमि समाज सेवा क्लबको तर्फबाट पटक–पटक गोल लगाउने अवसर पाएनी गोल हुनबाट चुकेको थियो ।

खेलको म्यान अफ दि म्याच विजेता टिमका सकिल तामाङ घोषित भएका थिए । उनले नगद ५०५ पुरस्कार पाएका थिए । म्यान अफ दि म्याचको पुरस्कार रुद्र रिमालले गरेको थियो । शुक्रबार संयुक्त गुम्बा क्बल र मातृभूमि समाज सेवा क्लब(रातो) विच खेल हुने खेल आयोजक समितिका सचिव चित्र लिम्बुले बताए ।

खेलको विजेतालाई १२ हजार र उपविजेतालाई ८ हजार, ट्रफी,मेडल र प्रमाण पत्रले सम्मान गरिने खेल समितिका संयोजक भुमि दुलालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *