अनुगमन् टोलीले नगरको विभिन्न योजनाको अनुगमन्

जेठ १५ गते, पथरी । पथरीशनिश्चरे नगरमा भएका विकास निर्माणका योजनाहरुको अवस्था परीक्षणका क्रममा पछिल्लो पटक अनुगमन् टोलीले ४, ६, ९ र १० नम्वर वडाको योजना अनुगमन् गरेको छ ।

गुणस्तरीय काममा जोड दिँदै आएको टोलीले ती वडाका पुल र सडकको अनुगमन् गरेको टोली संयोजक एवम् नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले जनाए ।

अनुगमनका क्रममा गुणस्तरीय काम गरी समयमा काम सक्न उपभोक्ताहरु सक्रिय वन्न सकेमात्र नगरको उचित विकास हुने कुरामा उनले जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *