मातृभूमि समाज सेवा क्लब फाइनलमा प्रवेश

जेठ १५ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नं. ४, मा रहेको मातृभूमि समाज सेवा क्लबको खेल मैदानमा जारी वडागत फुटबल प्रतियोगिताको पहिलो सेमीफाइन खेलमा मातृभूमि समाज सेवा क्बल रातो फाइनलमा पुगेको छ ।

बुधबार भएको खेलमा श्री समाज सेवा क्लबलाई २–३ गोलको अन्तरले मातृभूमि समाज सेवा क्लब रातो फाइनमा पुगेको हो । खेलमा मातृभूमि क्लबको तर्फबाट एलेक्स लिम्बुले ३ गोल गरेका थिए । त्यसैगरी उपविजेता श्री समाज सेवा क्लबको तर्फबाट अज्नबी लम्बुले १ र दिनेश लिम्बुले १ गोल लगाएका थिए ।

खेलको म्यान अफ दि म्याच उपविजेता टिमका रविन थापा भएका थिए । थापाले नगद ५सय १० रुपैया पुरस्कार पाएका थिए । म्यान अफ दि म्याचको पुरस्कार सन्तोष खड्काले गरेको थियो । त्यसैगरी खेल अवधी भर खेल राम्रो खेलाएको भन्दै रेफ्रि प्रकास कार्कीलाई दुर्गा प्रसाद गौतमले नगद ५ सय दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *