प्रथम वडा गत फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा मातृभूमि क्लब विजयी

जेठ १४ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नं. ४, मा रहेको मातृभूमि समाज सेवा क्लबको खेल मैदानमा जारी वडागत फुटबल प्रतियोगिताको दोस्रो दिन मातृभूमि समाज सेवा क्बल रातो विजयी भएका छन् ।

मंगलबार भएको खेलमा मातृभूमि समाज सेवा क्लबले धमकुवा युवा क्लबलाई १–६ गोलको अन्तरले गोल गर्दै विजयी भएको हो । धमकुवा युवा क्लबको तर्फबाट प्रज्वल घलेले १ मात्र सान्तावना गोल लगाएका थिए ।

त्यसैगरी मातृभूमि समाज सेवा क्लबले नारायण खड्काले ३, खम्बु राई १,दिनेश लिम्बू १ र एलेक्स लिम्बुले १ गोल गरी जम्मा ६ गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच नारायण खड्का भएका थिए । बुधबारको खेल संयुक्त गुम्बा क्लब र मातृभूमि समाज सेवा क्लब निलो हुने भएको छ ।

खेल प्रत्येक दिन ४ बजे देखि हुने छ । खेलको विजेतालाई १२ हजार र उपविजेतालाई ८ हजार, ट्रफी,मेडल र प्रमाण पत्रले सम्मान गरिने क्लबका अध्यक्ष भुमि दुलालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *