प्रथम वडा गत फुटबल प्रतियोगिताको उद्घाटन खेलमा गुम्बा क्लब विजयी

जेठ १३ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नं. ४, को सहयोग र मातृभूमि समाज सेवा क्लबको आयोजनामा भएको वडागत फुटबल प्रतियोगिताको उद्घाटन खेलमा संयुक्त गुम्बा क्लब विजयी भएका छन् ।


वडा नं. ४ मा रहेको मातृभूमि समाज सेवा क्लबको खेल मैदानमा भएको उद्घाटन खेलमा टाइब्रेकरमा बराबरी भएपछि खेलको छिनोफानो सडन देथले गरेको थियो । सडन देथमा संयुक्त गुम्बा क्लबका गोल रक्षक विजय लिम्बूले गोल गरेका थिए ।


विपक्षी टिम वयरवन युवा जमातका राजकुमार शाहले पोष्ट बाहिर गोल हाने पछि गुम्बा क्लब विजयी भएको हो । निर्धारीत समयमा खेल बराबरीमा टुङ्गिएको थियो । खेल बराबरीमा टुङ्गिए पछि टाइब्रेकरमा पनि ५–५ गोलको बराबरीमा खेल समाप्त भएको थियो ।

कार्यक्रम वडा नं. वडाध्यक्ष धनबहादुर राईले उद्घाटन गरेका थिए । कार्यक्रममा अतिथिहरु कार्यपालिका सदस्य सावनी माझी,वडा सदस्य रोसन लामिछाने गुरुङ, शिव दुलाल, कानेपोखरी गाउँपालिका खेलकुद समितिका सचिव एविन पाठक,रमाइलो युवा परिवारका अध्यक्ष नविन पौड्याल,मातृभूमि समाज सेवा क्लबका सचिव उदिप लिम्बू लगाएत रहेका थिए ।


खेलमा खेल समितिलाई कानेपोखरी गाउँपालिका खेलकुद समितिका सचिव एविन पाठकले ४ वटा बल हस्तान्तरण गरेका थिए । संयुक्त गुम्बा क्लब,वयरवन युवा जमात,मातृभूमि समाज सेवा(खोरिया),मातृभूमि समाज सेवा(नारायण चौक),धमकुवा युवा क्लब र समाज सेवा क्लबले प्रतियोगितामा भाग लिएको खेल आयोजक समितिका सचिव चित्र लिम्बुले बताए । खेल प्रत्येक दिन ४ बजे देखि हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *