पथरीशनिश्चरेमा प्रथम बृहत कला साहित्य उत्सव हुने

जेठ १३ गते, पथरी । कला र साहित्यमार्फत चिनिदै गएको मोरङले पथरीशनिश्चरेमा ‘प्रथम पथरीशनिश्चरे बृहत कला साहित्य उत्सव’ हुने भएको छ ।

नगरपालिका अन्तर्गत गठित ‘कला साहित्य प्रवद्र्धन समिति’को मुख्य आयोजना र ‘एभरेष्ट आर्ट फ्यून’को सहआयोजनामा जेठ १८ र १९ गते उत्सव हुने भएको हो ।

उत्सव आयोजक समिति संयोजक धनराज राई अमीरले प्रदेश नम्वर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यतामा साँस्कृतिक झाँकी सहित कार्यक्रम उद्घाटन् हुने आजको पत्रकार सम्मेलनमा जानकारी गराए ।

उनले पथरीको सिनभिलेज पार्टी प्यालेसमा हुने कार्यक्रमको महिलो दिन नगरमा रहेका विभिन्न जातजातीका साँस्कृतिक झाँकी पथरी बजार परिक्रमा गरेपछि सभामा परिणत वताए । त्यसपछि नगरका साहित्य र शिक्षाका अग्रज स्वर्गीय चन्द्रमान कन्दङ्वालाई मरणोप्रान्त २५ हजार रुपैया राशी सहित उहाँको मुहारचित्र र ताम्रपत्रले सम्मानित गरिने कार्यक्रम छ ।

यसका साथै पथरीशनिश्चरे क्षेत्रको कलाका बारेमा भूपेन्द्र तिम्सिनाले र साहित्यको अवस्थाका बारेमा रोहित पराईले कार्यपत्र प्रस्तुत हुने छ । दोस्रो दिन प्रदेश नम्वर १ का प्रतिनिधि सर्जकहरुको सृजना प्रस्तुति रहने छ । मोरङको साहित्यको अवस्थाका बारेमा प्राज्ञ विवश पोखरेलले कार्यपत्र प्रस्तुत गर्ने छ ।

दुवै दिन पूर्वको चर्चित हाँस्य टेलिश्रृखला ‘दोबाटे’ का कलाकारहरुबाट प्रहसन, स्थानीय कलाकारहरुबाट मौलिक गीत र नृत्यका साथै चित्रकला मूर्तिकलाको प्रदर्शनी समेत हुनेछ । कार्यक्रमका लागि ३ लाख ५ हजार रुपैयाँ बजेट तय गरिएको छ ।

द्धन्दकालमा मारिएका पत्रकार सम्मेलनमा साहित्यकार एवम् पत्रकार कृष्णसेन इच्छुकको १७ औं स्मृति दिवशको सन्दर्भ समेत जोडेर मौनधारण गर्दै उनीप्रति श्रद्दाञ्जली अर्पण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *