कानेपोखरीमा प्रथम वडागत फुटबल प्रतियोगिता हुने

जेठ १२ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिका वडा नं. ४, को सहयोगमा वडागत फुटबल प्रतियोगिता हुने भएको छ ।

वडा नं. ४,को नारायण चौक – झोलुङ्गे पुलको खेल मैदानमा सोमबार देखि प्रतियोगिता सुरु हुने भएको हो । प्रतियोगितामा वडाका ६ वटा टिमले सहभागीता जनाउने भएको छ ।

संयुक्त गुम्बा क्लब,वयरवन युवा जमात,मातृभूमि समाज सेवा(खोरिया),मातृभूमि समाज सेवा(नारायण चौक),धमकुवा युवा क्लब र समाज सेवा क्लबले प्रतियोगितामा भाग लिएको खेल आयोजक समितिका सचिव चित्र लिम्बुले बताए ।

खेल प्रत्येक दिन ४ बजे देखि हुने छ । १८ गते हुने फाइनल खेलमा सोमबार वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राईले खेल उद्घाटन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *