कानेपोखरी गाउँपालिकामा सात दिने आधारभूत मेलमिलाप तालिम सुरु

जेठ १२ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिकाको आयोजनामा ७ दिने आधारभूत मेलमिलाप तालिम सुरु गरेको छ । प्रत्येक वडाहरुमा न्याय सम्पादन गर्नको लागी वडागत प्रतिनिधिहरुलाई मेलमिलाप तालिम दिएको हो । तालिम पछि प्रत्येक वडा कार्यालयमा मेलमिलाप केन्द्रको स्थापना गरी वडागत मुद्दाहरु वडामै मिलाइने भएको छ ।

आइतबार कानेपोखरी गाउँपालिकाको उपाध्यक्ष राजमती इङ्नामले कार्यक्रमको उद्घाटन गर्दै गाउँबाट वडामा आएको विभिन्न प्रकारका मुद्दालाई तालिम लिएर गएका मेलमिलाप प्रतिनिधिले वडामा मुद्दा मिलाउनु पर्ने बताए ।

अहिले मुद्दा लिएर गाउँपालिका नै धाउनु पर्ने भएकोले २२ मिलोमिटर टाढाबाट मुद्दा लिए आउनु पर्ने बाध्यता हट्ने जनाए । स्थानीय तहको ऐन मै भएकोले अन्य पालिकाहरुले मेलमिलाप केन्द्र गठन गरी सकेको जनाउँर्दै कानेपोखरी गाउँपालिकामा गठन विविध कार्य व्यस्तताले ढिलो भएको जनाइन् ।

यस अघि गाउँपालिकामा उपाध्यक्ष तथा न्यायिक समिति संयोजक राजमती इङ्नामले गाउँपालिका भित्रको न्याय सम्पादन गर्दै आएकी थिइन् । आएको मुद्दाहरुको न्याय सम्पादनमा अलिक सहज हुने र ंवडामा आएको मुद्दाहरु वडाले मेलमिलाप गर्न नसकेमा गाउँपालिकाले नै गर्ने उपाध्यक्ष इङ्नामले बताइन् ।

यस आर्थिक बर्षमा गाउँपालिकामा विभिन्न प्रकारको उजुरी १ सय ५१ वटा दर्ता भएको छ । जस मध्ये १५ वटा मुद्दा मिलाउन बाँकी अरु सवै मिलाई सकेको उपाध्यक्ष तथा न्यायिक समिति संयोजक इङ्नामले बताइन् ।

आधारभूत मेलमिलाप तालिममा प्रत्येक वडाबाट ६ जनाको दरले ४२ जनाले सहभागीता जनाएको छ । कार्यक्रमलाई गणेश लुइटेल र राम पोख्रेलले सहजीकरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *