पथरी सिमसार क्षेत्रमा कोरियालीको चासो

जेठ १२ गते, पथरी । कोरियाली टोलीले मोरङको पथरीशनिश्चरे–१, मा रहेको सिमसार क्षेत्रको प्रवद्र्धनमा चासो देखाएको छ ।

आइतबार कोरियाली अधिकारी मिस्टर गिलो सङको नेतृत्वमा एनके प्यानलका प्रेसिडेन्ट डीएल नेम्वाङ, मेनेजिङ डाइरेक्टर भीम सम्वाहाम्फे सहितको टोलीले भूल्के शान्ति सिमसारको अवलोकन गरेका थिए ।

नगर प्रमुख दिलिपकुमार राईले नगर क्षेत्रमा दर्जन वढी सिमासार वन्ने क्रममा रहेको जनाउँदै वन सहितको सिमसार पर्यटनले नगरको चिनारी झल्काउन सहयोगीहरुसँग सहकार्यका लागि नगरपालिका तयार रहेको वताए ।

कोरियाको ‘इन्चन’ बजार र पथरीशनिश्चरेबीच भगिनी सम्वन्धको पहलका क्रममा टोली आएको हो । टोलीले नगरको मनोरञ्जन सहितको पर्यटन क्षेत्रको सम्भाव्यता बारेमा अवलोकन गरी त्यहाँको सरकारसँग प्रतिवेदन पेश गर्ने टोली सदस्य भीम सम्वाहाम्फेले जनाए । कोरियाली सरकारको टिमले झापाको शिवसताक्षी नगरपालिकामा भनें एनके प्यानलमार्फत काम सुरु गरेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *