पथरीशनिश्चरे नगरपालिकाको भवन पथरीमै राख्न संघको माग

जेठ १० गते, पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरपालिकाको केन्द्रका विषयमा विवाद रहेको बेला पथरी उद्योग वाणिज्य संघले नगरपालिकाको ‘कार्यालय’ वडा नं.–१, मै राख्न माग गरेका छन् ।

विहिबार संघले नगरको प्रमुख दिलिपकुमार राईलाई ध्यानआकर्षण पत्र बुझाँउदै सो माग गरेको हो । संघको ६ गते बसेको बैठकले पञ्चायत माविले संरक्षण गर्दै आएको पथरी बहुमुखी क्याम्पस पूर्वको खाली ७ विगा जग्गामा नगरपालिकाको कार्यालयको भवन बनाउने निर्णय गरेको थियो । वडा नं. १०, २ र १ गरी तीन वटै सिमानाले छुने ठाउँमा संघले प्रस्ताव गरेकोले सवैको पाएक पर्ने बताउँर्दै कसैले विरोध अवरोध नगर्न संघका अध्यक्षक्ष दिपक बस्नेतले बताए ।

अध्यक्ष दिपक बस्नेत र महासचिव अशोक कुमार राईको हस्ताक्षर भएको पत्रमा आर्थिक बर्ष २०७६÷०७७ मा बजेट छुट्याई काम सुरु गर्नुपर्ने उल्लेख गरेका छन् । व्यक्तिगत स्वार्थमा नअल्मलिईं ‘हाम्रो नगर हाम्रो शान’ मुल ध्येयका साथ नगरवासीको सुख समृद्धिका नीहित स्वार्थहरुमा अडिग रहँदै नगरका आफ्ना गतिविधिहरु अघि बढाउँन समेत ध्यानआकर्षर्ण गरेका थिए ।

नगरको कार्यालय परिसर बाहेकका खाली जग्गामा पथरीशनिश्चरे नगरलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न,पार्कको निर्माणमा संघले नगरपालिकालाई सहकार्य गर्ने संघले बताएका छन् ।

नगरपालिकाको नगरप्रमुख दिलिप कुमार राईले नगरपालिकाको नाममा जग्गा अहिले सम्म उपलब्ध नभएकोले हामी बाध्यताले पुरानै ठाउँमा बसेको छौँ । र नगरपालिकाको नाममा जग्गा भेटिएमा हामी विभिन्न राजनितिक दल र स्थानीयहरुको सहमती जुटेमा जान तयार भएको बताए ।

त्यसैगरी पथरीशनिश्चरे नगरपालिकाको केन्द्रका विषयमा जारी विवाद अन्त्य गर्नका लागि नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोजकत्वमा नगरपालिकाले समिति निर्माण गरेको छ । नगर कार्यपालिकाको विहिबारको बैठकले केन्द्रको विवादलाई सुल्झाएर जग्गाप्राप्तिको पहल गर्न उप्रमुखलाई संयोजक तोकी ३ जना वडाध्यक्ष र १ जना कार्यपालिका सदस्य रहेको समिति निर्माण गरेको छ ।

समितिले केन्द्र राख्न तोकिएको स्थानको जग्गा प्राप्तिको पहल र नगरपालिकाको ‘पथरी शनिश्चरे’ नामलाई पनि हसन्दहको समेत भावनालाई समेट्दै उपयुक्त नाम जुराउने विषयमा समेत टुंगो लगाएर भदौ १० गतेसम्ममा प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *