कानेपोखरी गाउँपालिकामा १ सय ६३ जनालाई अपाङ्गता परिचय पत्र दिने तयारी

जेठ ६ गते,कानेपोखरी । कानेपोखरी गाउँपालिकाले संचालन गरेको तीन दिने अपाङ्गता शिविरमा १ सय ६३ जना अपाङ्गता भएका व्यक्तिहरुको पहिचान भएको छ । आइतबार वडा नंं. ६, मा सम्मपन्न शिविरमा स्वास्थ विशेषज्ञ टोलीले सो बराबरको तथ्याङ्क निकालेको हो । अपाङ्गता भएको व्यक्तिहरुलाई पहिचान गरी ४ किसिमको अपाङ्गता परिचय पत्र दिने तयारी गरेको छ ।

शुक्रबार वडा नं. १ मा सुरु भएको शिविरबाट रातो कार्ड पाउने ५ जना,निलो कार्ड पाउने १२ जना र पहेलो कार्ड पाउने १० जना र सेतो कार्ड पाउने ३ जना गरी जम्मा ३० जनाले कार्ड पाउने गरी पहिचान गरेका थिए । त्यसैगरी वडा नं. ४,३ र २ को संयुक्तरुपमा वडा नं. ४ को वडा कार्यालयमा भएको शिविरमा रातो कार्ड पाउने १०, निलो कार्ड पाउने २५,पहेलो कार्ड पाउने १८ जना गरी जम्मा ५३ जनाले अपाङ्गता भएको परिचय पत्र पाउने पहिचान गरेका छन् । त्यसैगरी आइतबार गाउँपालिकाको कार्यालयमा वडा नं. ६,७ र ५ न.ं वडाको पहिचान गरेका थिए ।

समापन विविरमा ११ जनाले रातो कार्ड, निलो कार्ड १० जनाले, २७ जनाले पहेलो कार्ड ३२ जनाले सेतो कार्ड पाउने पहिचान गरेका थिए । २३ जनाको लाई सुनाई र दृष्टी सम्बन्धि समस्या भएका व्यक्तिलाई पुर्न परिक्षण गरी अपाङ्गता परिचय कार्ड दिने कानेपोखरी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम धिमिरेले बताए । उनले अपाङ्गता भएको व्यक्तिहरुको सेवा सुविधा, गुनासो,सुन्नको लागी हेल्प डेक्स राख्ने साथै सोही ठाउँबाट सेवा सुविधा विस्तार गरिदिने बताए ।

पहिचान गरेको गरेको १ बर्ष पछि राज्यको सपेवा सुविधा पाउने कानेपोखरी गाउँपालिका अपाङ्गता समन्वय समितिका अध्यक्ष नगेन्द्र बस्नेतले बताए । अहिले रातो कार्ड पाउने व्यक्तिले मासिक २ हजार,निलो कार्ड पाउनेले मासिक ६ सय पाउँर्दै आएको छ । सेतो र पहेलो कार्ड पाएका अपाङ्गता भएका व्यक्तिहरुले सरकारी सेवा सुविधा पाउने गरेको छैन । उनिहरुले पनि सेवा सुविधा पाउनुपर्ने माग अपाङ्गता समन्वय समितिले गरेका छन् । अहिले उनिहरुले यातायात,स्वास्थ, हवाईजहाजको यात्रामा ५० प्रतिशत छुटको व्यवस्था मात्र रहेको छ ।

त्यसैगरी विद्यार्थीहरुको लागी ४ तहको छात्रवृती पाउने गरेको छ । विद्यालय आफै आउने जाने अपाङ्गता भएकोलाई १० महिनाको १ हजार, सहायक सामाग्री प्रयोग गरी विद्यालय आउने जानेलाई १० महिनाको ३ हजार, सहायक सामाग्री र सहयोगी सहित विद्यालय आउने जानेलाई १० महिनाको ५ हजार, अन्य ठाउँबाट डेरा गरी विद्यालयमा पढ्ेको हकमा १० महिनाको ४० हजार पाउने व्यवस्था रहेको छ ।

पुरानो तथ्याङ्क अनुसार अहिले गाउँपालिकामा रातो कार्ड पाउने १ सय, र निलो कार्ड पाउने १ सय ४० जना रहेको छ । गाउँपालिकामा अहिले अपाङ्गताको संख्या ८ सय भन्दा माथी रहेको अध्यक्ष बस्नेतले बताएका छन् ।

गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले अहिलेको गाउँपालिका,वडा कार्यालय,विद्यालय, स्वास्थ चौकी र विभिन्न संस्थाहरुको भवनहरु अपाङ्गता र बाल मैत्री नभएको जनाउँर्दै अवको भवनहरु अपाङ्ता र बाल मैत्री बनाउन गाउँपालिकाले सुरु गर्ने बताए । उनले गाउँपालिकामा अधिकार आएको तर प्रविधि नआएकोले केही कामहरु गर्न धेरै गार्हो भएको जनाएको छ ।

अपाङ्गता समन्वय समितिले अपाङ्गता ऐन २०७४ को प्रावधान अनुसार अपाङ्ता परिचय पत्र वितरण गरिनु पर्ने, न्यायोचितरुपमा छात्रवृत्ती अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरुलाई उपलब्ध गराउनु पर्ने,सार्वजानीक भवनहरु अपाङ्ता मैत्री र बाल मैत्री हुनु पर्ने,स्थानीय तहका हरेक विकासमा अपाङ्ता भएका व्यक्तिहरुलाई सहभागीता गराउनु पर्ने र आयआर्जन, जीविको पार्जन र रोजगारी क्षेत्रमा समासेशी सिद्धान्तको आधारमा सहभागीता गराउनु पर्ने लगाएतका माग राख्र्दै आएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि प्रमुख प्रशासकिय अधिकृत पुरषोतम धिमिलेले गरेका थिए । उनले यस्तो खाले कार्यक्रमको शिविर फेरी पनि गरिने बताएका छन् । समापन कार्यक्रमको अध्यक्षता वडा नं. ६,का वडाध्यउक्ष खड्ग बस्नेतले गरेका थिए भने मन्तव्य वडाध्यक्ष मोहन प्रसाद अधिकारी पार्टीको तर्फबाट भोला अकिारीले राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *