जेठ ५ गते, कानेपोखरी । कानेपोखरी गाउँपालिका स्थीत जेनिथ इङ्लिस स्कुलमा स्कुल क्याप्टेन र हाउस क्याप्टेन छनोट गर्न विद्यार्थीहरुले मतदान गरेका छन् ।
विद्यार्थीहरुको इच्छाईएको व्यक्तिलाई स्कुल क्याप्टेन र हाउस क्याप्टेन छनोट गर्न शुक्रबार मतदान गरेको हो । विद्यालयमा स्कुल क्याप्टेन र हाउस क्याप्टेन छनोट गर्दा कक्षा ४ देखि १० सम्मका २ सय २० जनाले मतदान गरेका थिए ।

विद्यार्थीले स्कुल क्याप्टेन रुपेश राय, भाईस स्कुल क्याप्टेन स्वस्तीका धिमाल,रेड हाउस क्याप्टेन करुणा गिरी, रेड हाउस भाईस क्याप्टेन दिक्षा विक, व्लुहाउस क्याप्टेन सोनु राई, व्लुहाउस भाईस क्याप्टेन पवन माझी, ग्रीण हाउस क्याप्टेन योगेश लिम्बू, ग्रीण हाउस भाईस क्याप्टेन मनिका मगर र यल्लो हाउस क्याप्टेन अमित कुमार श्रेष्ठ, यल्लो हाउस भाईस क्याप्टेन मन्दिप आचार्यलाई छनोट गरेका छन् ।
स्कुल क्याप्टेन र हाउस क्याप्टेनमा ३२ जना विद्यार्थीले आफ्नो उमेदवारी दर्ता गराएका थिए । कक्षा कोठा,खेलकुद कार्यक्रममा,एसेम्मली लगाएतमा विद्यार्थीहरुको सहजता र अनुशासनको लागी यस्तो छनोट गर्नुपरेको विद्यालयको एकेडेमीक इन्चार्ज होमकुमार मोतेले बताए ।