कसरी अक्षरलेखन सुधार्ने आफ्नो बच्चाको ? यस्ता छन् उपाय

बच्चाहरूले उदाहरणबाट धेरै कुरा छिट्टै सिक्छन् । त्यसैले उनीहरूलाई यस्ता व्यक्तिका बारेमा बताउनुस् जसको ह्यान्डराइटिङ पहिला त राम्रो थिएन तर पछि सुन्दर भयो ।

यस्ता उदाहरणले बच्चालाई प्रयास गर्न प्रेरित गर्छ र उनीहरू कोशिशमा सफल हुँदै जान्छन् ।

बस्ने सही व्यवस्था

गलत ठाउँमा बसेर लेख्दा प्रायः शब्दहरूको बनावट बिग्रन्छ । त्यसैले बच्चाहरूलाई बस्नका लागि कुर्सी टेबल सही हुनुपर्छ । बच्चाले सजिलै हात अड्याएर लेख्न मिल्ने गरी टेबलको उचाइँ हुनुपर्छ अनि कुर्सी पनि यस्तो हुनुपर्छ जसमा बसेर गोडा भुइँमा अडियोस् ।

पेन्सिल पक्रिने तरिका

बच्चाले पढाइको शुरुवाती दिनमा जसरी लेख्न सिक्छन्, उनीहरूको अक्षरलेखन त्यस्तै हुन्छ । बच्चाहरूलाई शुरुदेखि नै पेन्सिल सही तरिकाले पक्रिनका लागि सिकाउनुपर्छ ।

पेन्सिललाई बूढी औंला र चोरी औंलाको बीचमा राख्ने अनि पेन्सिलको माथिल्लो भागलाई पक्रेर लेख्ने अभ्यास गराउनुपर्छ ।

राइटिङ टूलको सहायता

बच्चालाई सही तरिकाले पेन्सिल समात्न आएन भने राइटिङ टूलको सहायता लिनुस् । त्यसमा जम्बो पेन्सिल र राइटिङ होल्डरहरू पर्छन् । यसको अभ्यासले बच्चाको अक्षरलेखन सुध्रिन थाल्छ ।

वर्णमालाको अभ्यास

राम्रो अक्षरलेखन गर्न नसक्दा बच्चाहरूलाई वर्णमालाको प्रत्येक अक्षरको अभ्यास गराउनुपर्छ । यसो गर्दा बच्चाहरूको ह्यान्डराइटिङ सुध्रिन थाल्छ अनि उनीहरूले अक्षर पनि सजिलै चिन्न थाल्छन् ।

हावामा लेख्ने अभ्यास

बच्चाहरूलाई हात र काँध राम्ररी विकसित नभएकाले पनि ह्यान्डराइटिङ राम्रो गराउनमा समस्या आएको हुनसक्छ । उनीहरूलाई हावामा वाक्य लेख्ने अभ्यास गराउनुभयो भने हात र काँधको मांसपेशी बलियो हुन्छ अनि अक्षरलेखन पनि सुध्रिन थाल्छ ।

लगातार लेख्ने अभ्यास

कुनै पनि काम लगातार गरिएमा पक्कै सुधार आउँछ । बच्चालाई लगातार लेख्ने बानी पारियो भने ह्यान्डराइटिङ आफैं सुध्रिन थाल्छ ।

महत्त्व बताउने

तपाईंले बच्चालाई सुन्दर ह्यान्डराइटिङको महत्त्व नबुझाएसम्म उसले मतलबै गर्दैन । राम्रो अक्षरलेखनले परीक्षामा उच्च अंक दिलाउँछ अनि शिक्षक शिक्षिकाबाट प्रशंसा पनि दिलाउँछ भनी सम्झाउनुपर्छ ।

आत्मविश्वास बढाउने

राम्रो अक्षरलेखनको महत्त्व बुझेपछि बच्चाहरूले गरेको प्रयासलाई प्रशंसा गर्ने गर्नुस् । पहिलो प्रयासमा नै ह्यान्डराइटिङ सुन्दर हुँदैन । त्यसैले बच्चाको हरेक ससानो प्रयासमा उसको साथ दिनुस् र उसलाई प्रशंसा गरेर आत्मविश्वास बढाउनुस् ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छौ

बाल्यकालको व्यायामले मोटोपन र क्यान्सरको सम्भावना कम हुन्छ । आफ्ना बच्चालाई व्यायाम गराउँनुहोस ।

सन्तुलित भोजन र नियमित व्यायामलाई पुस्तौंदेखि स्वस्थ रहने र जीवनशैलीका कारण लाग्नसक्ने रोगको जोखिम न्यून गर्ने उपाय मानिँदै आएको छ । स्वास्थ्यविदहरू शारीरिक रुपमा निस्क्रिय बालबालिकाको तुलनामा नियमित व्यायाम गर्ने, खेल्ने कुद्ने बालबालिकामा रोगप्रतिरोध क्षमता बढ्ने र क्यान्सर तथा मोटोपनको जोखिम न्यून हुने बताउँछन् ।

व्यायामले धेरै चिल्लोयुक्त भोजनले निम्त्याउने मोटोपनजस्ता नकारात्मक प्रभावको जोखिम घटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । हालै भएको एउटा अध्ययनले नियमित व्यायाम गर्ने किशोरकिशोरीलाई मोटोपन, मुटुसम्बन्धी रोग र क्यान्सरको जोखिम न्यून हुने पत्ता लगाएको छ । यो अध्ययनको विस्तृत विवरण ‘द जर्नल फ्रन्टियर्स इन फिजियोलजी’मा प्रकाशित छ। अध्ययनले व्यायाम गर्न छाडेको निकै पछिसम्म पनि हाम्रा हाडमा ऊर्जा सञ्चित भइरहने देखाएको छ ।

अनुसन्धानकर्ताको समूहले मुसामा गरेको परीक्षणमा विभिन्न प्रकारका खाना (चिल्लोयुक्त) दिएर व्यायाम गराएर मुसाका हाडको स्वस्थता र पाचन क्रियाको तुलना गरेका थिए । उनीहरूले बोन म्यारोमा रहेका वंशाणुको क्रियाकलापबारे सूचना दिने ‘मेसेन्जर मोलेक्युल’को गतिविधि न्यून पारेका थिए । अध्ययनमा धेरै चिल्लो खाए पनि व्यायाम गर्ने मुसामा जलन उत्पन्न गराउने वंशाणू निस्क्रिय भएको पत्ता लाग्यो ।

‘अझ महत्वपूर्ण तथ्य के थियो भने, मुसाले व्यायाम गर्न छाडेको निकै समयपछि जीवनको आधा उमेरमा पनि व्यायामको असर भने कायमै थियो,’ न्युजिल्यान्डको युनिभर्सिटी अफ अकल्यान्डका मोलेक्युलर जेनेटिसिस्ट जस्टिन ओ’ सुलिभानले भने, ‘बोनम्यारोले व्यायामका असर स्मरण गरिरहेको पाइयो । मोटाए पनि सानोमा गरेको व्यायामले धेरै चिल्लोयुक्त भोजनका नकारात्मक प्रभावबाट मुसालाई जोगाइरहेको थियो ।’

अध्ययनले बाल्यकाल र किशोरावस्था हाम्रा शरीरका हाडको विकास तथा वृद्धि हुने समय भएकाले यसबेला गरिने व्यायामले अधवैंशे उमेरमा समेत स्वस्थ रहन सघाउने पत्ता लगायो । ‘तपाईंको ‘बोनमास’ जति छिटो पूर्ण हुन्छ, युवावस्थामा त्यही अनुपातमा हाड भाँच्चिने वा हाडसम्बन्धी आउने समस्या पनि न्यून हुन्छन्,’ युनिभर्सिटी अफ अकल्यान्डको लिगिन्स इन्स्टिच्युटका एल्विन फर्थ भन्छन् ।

यसबाहेक अध्ययनले भोजन पचेपछि व्यायाम गर्ने मुसाका हाडले ऊर्जा प्रवाहको बाटो नै परिवर्तन गरेको देखायो । अर्थात् ऊर्जा प्रवाहको बाटो परिवर्तनले धेरै चिल्लोयुक्त भोजनले पार्ने खराब असरलाई नै बिगारिदिएको पाइयो । अहिले मोटोपन विश्वभर ठूलै संक्रामक रोगजस्तै भएको छ, जुन अस्वस्थ जीवनशैलीले निम्तिन्छ। मोटोपनले उच्च रक्तचाप, मधुमेह, मुटुसम्बन्धी रोगहरू र क्यान्सरसम्म हुने जोखिम बढाउँछ ।

बच्चालाई दिनुहोस् ‘दिनुको आनन्द’ को शिक्षा

आनन्दित वा खुसी हुनका लागि कुनै भौतिक साधनको जरुरत पर्छ भन्ने छैन । यो मनको अवस्था हो । मानसिकताको कुरा हो । जब हामी आनन्दित र खुसी अनुभूत गरिरहेका हुन्छौं, त्यसको प्रभाव हाम्रा छोराछोरी, साथीभाई सबैमा पर्छ ।

एउटा बच्चा आनन्दित एवं खुसी महसुष गर्छ भने, त्यसको संचार उनको पुरा परिवारमा पर्छ । त्यसैले बच्चालाई नै हामीले यसमा अभ्यस्त गराउनुपर्छ । र, यसका लागि कक्षाकोठाको पनि अहंम् भूमिका छ, जहाँ बच्चाले अधिकांश समय गुजार्छन् ।

बच्चालाई यसरी खुसी र आनन्दित हुन सिकाउने कि ?

हाम्रो प्रवृत्ति के हुन्छ भने, जब कुनै कुरा प्राप्त गर्छौं, तब आनन्दित महसुष हुन्छ । लिएर, पाएर नै हामी खुसी हुने गर्छौं । जबकी दिएर वा गुमाएर खुसी हुने प्रवृत्तिको विकास हुँदैन ।

हाम्रा पूर्खाहरुले दान दिने, क्षमा दिने कुरालाई मानविय गुणमा राखेका छन् । तर, हामी कञ्जुस भएका छौं । हामी भरिपूर्ण भएर पनि केही गुमाउन वा केही दिन चाहँदैनौ । यद्यपी आफ्ना बच्चामा यहि अवगुण नदेखियोस् ।

उनीहरुलाई आफुसँग भएको कुरा, आफुले आर्जन गरेको कुरा, आफुले संचय गरेको कुरा अरुलाई दिन सिकाऔं । र, यसरी अरुलाई दिएपछि जुन सन्तुष्ट प्राप्त हुन्छ, त्यसको अनुभूत गराऔं ।

सामान्य अभ्यास यसरी पनि गर्न सकिन्छ । विद्यालयको कुनै पर्खालमा आकर्षक रंगले पोत्नुपर्छ । त्यहाँ ‘दानवीरको ढोका’ भनेर लेखौं । बच्चासँग भएका अतिरिक्त सामाग्री जस्तो पेन्सिल, पुस्तक, खेलौना त्यहाँ दिने व्यवस्था गरौं ।

यसरी संकलन भएको सामाग्री अरु दुर्गम वा अभावमा भएका बालबालिकालाई सहयोग गरौं । आनन्द दिनुमा छ, अरुको कब्जा गर्नुमा होइन । यहि कुरा सिकाउनुपर्छ ।

शिक्षामा ‘पहिले मित्रता र त्यसपछि मात्र स्पर्धाको नीति लागु गराउने

अहिले बच्चाहरु एक्लिदै गएका छन् । उनीहरु साथीभाईसँग घुलमिल हुँदैनन् । सामाजिक काममा संलग्न हुँदैनन् । जबकी यी कुराहरुबाट जति टाढा भइन्छ, उत्तिनै दुख, पीडा अनुभूत हुन्छ । यसको अर्थ के हो भने, जति धेरै साथी बनाउँछौं, जति धेरै मित्रवत् व्यवहार गरिन्छ, उत्तिनै खुसी र आनन्द मिल्छ ।

कक्षा कोठामा हामीले बच्चालाई सबैसँग मित्रवत् व्यवहार गर्न सिकाउनुपर्छ । निश्चय पनि उनीहरु आपसमा प्रतिस्पर्धी हुन्छन् । एकअर्कासँग खेलकुद, पढाइमा प्रतिस्पर्धा गरिरहेका हुन्छन् ।

तर, प्रतिस्पर्धाको भावना मात्र प्रवल भइरहँदा त्यसले उनीहरुमा दम्भ, कुण्ठा, ग्लानी आदिको विकास हुन्छ । यसले उनीहरुलाई कहिल्यै आनन्द दिदैन ।

कुनैपनि प्रतिस्पर्धामा एकाध बच्चाले सफलता हासिल गर्छन् । त्यही विद्यार्थी खुसी हुन्छन् । बाँकी बालबालिकाले हीनताबोध गर्न सक्छन् । यसरी हीनताबोध नगराउनका लागि र सधै जागरुक बनाउनका लागि उनीहरुलाई साथीको जितमा उत्सव मनाउन पनि सिकाउनुपर्छ ।

अर्को कुरा उनीहरुलाई टिमवर्कको भावना र महत्वबारे पनि जानकारी दिनुपर्छ । धेरैजसो खेल टिममा खेलिन्छ । टिममा समावेश हरेक सदस्यको सही सक्रियता र प्रयासबाट जित हासिल हुन्छ । यसरी एकअर्कामा सहयोग गर्ने बानीको विकास हुनुपर्छ ।

शिक्षालाई बनाउनुपर्छ मनोरञ्जक

हाम्रो बच्चा विद्यालय जाने समय अँध्यारो अनुहार लगाउँछन् । रुन्छन् । झगडा गर्छन् । मानौ विद्यालय जानु भनेको सजाय झेल्नु हो । उनीहरु यस्तै ठान्छन् । जुन दिन विद्यालय विदा हुन्छ, उनीहरु खुसीले उफ्रिन्छन् । फुरुंग हुन्छन् । मानौ उनीहरु कैदी हुन् जो विद्यालयबाट छुट्दा हुर्रे भन्दै रमाउँछन् ।

किन यस्तो हुन्छ ?

किनभने विद्यालयमा बालबालिकाले एक किसिमको दवाव महसुष गर्छन् । उनीहरुले त्यहाँ जानु, पढ्नुलाई फरक कामको रुपमा लिन्छन् । जबकी त्यही बच्चा कुनै पार्क वा खेलमैदानमा र्पुयाइने हो भने खुसीले उफ्रिन्छन् । त्यसो भए विद्यालय एवं कक्षा कोठालाई किन त्यस्तो नबनाउने, जहाँ प्रवेश गर्दा विद्यार्थी फुरुंग होस् ।

बच्चालाई खेल खेलमा सिकाउनुपर्छ । खेलको माध्यामबाट सिकेको कुरा दिगो र जीवनोपयोगी हुन्छ भनिन्छ । त्यसैले कक्षा कोठालाई उनीहरुको खेल्ने स्थान जस्तै बनाइदिनुपर्छ । त्यहाँ उनीहरु निर्धक्क र उन्मुक्त ढंगले खेल्न पाउनुपर्छ । खेलको माध्यामबाट नयाँ कुरा सिक्ने वा आर्जन गर्ने व्यवस्था मिलाउनुपर्छ ।

नोटस् माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र(पत्रिकाहरुबाट साभार गरिएको हो । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *